शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

प्रिफ्याबका टहरामा हनुमानढोकाका सामग्री

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ३०, २०७३



  • काठमाडौँ । हनुमानढोका सङ्ग्रहालयमा रहेका सम्पूर्ण सामग्रीलाई प्रिफ्याबबाट तयार गरिएको टहरोमा राखिने भएको छ ।hanumandhoka-durbar

    भूकम्पका कारण हनुमानढोका दरबार क्षतिग्रस्त हुन पुगेपछि त्यहाँ भएका त्रिभुवन, महेन्द्र र वीरेन्द्र मेमोरियल ग्यालरी अवलोकन बन्द गरिएको छ । ती ग्यालरीमा रहेका महŒवपूर्ण सामग्रीलाई चर्किएका भवनमै राखिरहँदा सुरक्षित नहुने देखिएपछि मङ्गलबारबाट टहरोमा सारिने भएको छ ।

    हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक अरुणा नकर्मीले भन्नुभयो, “क्षतिग्रस्त भवनमा त्यसै राखिरहँदा ती सामग्री असुरक्षित हुने भएकाले सुरक्षाका लागि टहरोमा सार्ने भएका हौँ । ” हनुमानढोका दरबारको पूर्वतर्फ रहेको भण्डारखाल नजिकै प्रिफ्याबको टहरो निर्माण गरिएको छ । त्यस टहरोमा आल्मुनियमका ठूला बाकसभित्र पूर्व राजाहरूसँग सम्बन्धित तथा उहाँहरूले प्रयोग गर्नुभएका ती सामग्रीलाई सुरक्षितसाथ राखिनेछ ।

    मल्लकालीन हनुमानढोका दरबारका विभिन्न स्थानमा सङ्ग्रहालय राखिएको थियो । ती भत्किएका संरचनाको पुनःनिर्माण सुरु हुने मिति अझै टुङ्गो लाग्न सकेको छैन । त्यस क्षेत्रका कतिपय संरचना निर्माण गर्न विभिन्न निकायले जिम्मेवारी पाइसके पनि त्रिभुवन, महेन्द्र र वीरेन्द्र मेमोरियल ग्यालरी रहेका भवन, नौतले दरबार, चारबुर्जे भवन लगायतको निर्माणका लागि औपचारिक सम्झौता भएको छैन । सम्झौता नभए पनि चीन सरकारले बनाइदिने अनौपचारिक सहमति भएको पुरातŒव विभागका पदाधिकारीहरू बताउँछन् ।

    त्रिभुवन मेमोरियल ग्यालरीमा तत्कालीन राजा त्रिभुवन २००७ साल फागुन ४ गते नयाँ दिल्लीबाट स्वदेश फिर्दा पहिरिनुभएको पोसाक, उहाँको निजी सचिवालयका सामग्री, विवाहमा पहिरिनुभएका पोसाक लगायतका सामग्री राखिएका छन् ।

    त्यस्तै लोहनचोकको भवनमा रहेको महेन्द्र मेमोरियल ग्यालरीमा तत्कालीन राजा महेन्द्रले पहिरिनुभएका पोसाक, तत्कालीन मन्त्रिपरिषद् बैठकका फर्निचर, निजी सचिवालयका सामग्री, उपहार, तस्बिर लगायतका सामग्री छन् ।

    नारायणहिटी दरबार हत्याकाण्डपछि बनाइएको वीरेन्द्र मेमोरियल ग्यालरीमा तत्कालीन राजा वीरेन्द्रले प्रयोग गर्नुभएको सामग्री, पोसाक, उपहार लगायतका सामग्री राखिएका छन् । त्यस्तै हनुमानढोका दरबारभित्र सिंहासन कक्ष, हातहतियार कक्ष लगायतमा तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गर्नुभएको बन्दुक, राज्यारोहणका बखत बस्ने गरेको सिंहासन, पुराना मुद्रा आदि सामग्री राखिएका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij