शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

मतदाता नामावली सङ्कलन टोली गाउँ गाउँमा

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ३०, २०७३



  • गोरखा । मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यलाई जिल्ला निर्वाचन कार्यालय गोरखाले गाउँ गाउँमा टोली परिचालन गरी तीव्र रुपमा अघि बढाएको छ ।

    आठ टोलीले आजदेखि मतदान केन्द्रमा पुगेर मतदाता नामावली सङ्कलन सुरु गरेको कार्यालयका प्रमुख राजेन्द्रप्रसाद पोखरेलले जानकारी दिए । आउँदो मङ्सिर २५ गतेभित्र तस्बिर सहितको मतदाता नामावलीका लागि नामावली सङ्कलन गरिसक्ने उनको भनाइ छ ।

    गोरखामा अहिलेसम्म एक लाख ६८ हजार ९०२ जनाले मतदाता नामावलीका लागि तस्बिर खिंचिसकेका छन् । तीमध्ये एक जना तेस्रोलिङ्गी, ८२ हजार २९६ पुरुष र ८६ हजार ६०५ महिला छन् । आउँदो असोज मसान्तसम्म १८ वर्ष पुग्ने व्यक्तिले मतदाता नामावलीका लागि तस्बिर खिंचाउन पाउँछन् । मतदाता नामावली सङ्कलन टोली मतदान केन्द्रमा बस्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij