आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पोलिग्राफ मेसिन लिएर सुर्खेतको प्रहरी पुग्यो दाङ

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ३०, २०७३



  • दाङ ।  तुलसीपुर भारतीय १० लाख रुपैयाँ लुटिएको लामो समयसम्म पनि पत्ता नलागेपछि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतबाट अनुसन्धानको टोली दाङको तुलसीपुर आइपुगेको छ ।
    अनुसन्धानका लागि नियन्त्रणमा लिएका तुलसीपुर १४ चैलाही निबासी दुर्गा लामिछानेसँग सूचना पाउन नसकेपछि पोलिग्राफ लिएर अनुसन्धानको टोली आएको हो ।

    अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका लामिछानेसँगैबाट पैसा लुटिएको थियो ।
    प्रहरी नायब निरीक्षक अमृत थापाको नेतृत्वमा आएको प्राविधिक सहितको ४ सदस्यीय टोलीले मंगलबार देखि अनुसन्धानको काम सुरु गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए ।
    व्यक्तिले झुटो बोलेको छ कि छैन् भन्ने पत्ता लगाउने मेसीनलाई पाेिलग्राफ भनिन्छ ।
    गत कात्तिक १० गते विहानै तुलसीपुर बसपार्कमा तीन जनाको संख्यामा आएको अपरिचित समूहले आँखामा धुलो छर्किएर पैसा लुटेको लामिछाने बताएका थिए । प्रहरीले पैसा लुटिएको दिन देखि नै उनलाई नियन्त्रणमा राखेको छ ।
    यस अघि प्रहरीले पैसा मालिक राजेन्द्र श्रेष्ठ सहित १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धानपछि छोडेको थियो ।
    बुटवल बस्त्रालयमा कार्यरत लामिछानेले कपडा किन्नका लागि कृष्णनगर जान भन्दै पैसा लिएर बसमा चढ्न बसपार्क पुगेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij