आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सिलवालले पाए ताम्राकारको मोटरसाइकल

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ३०, २०७३



  • काठमाडौ । राजधानीको न्युरोडस्थित ताम्राकार कम्प्लेक्सले दशै र तिहारको अवसरमा आयोजना गरेको दशैं तिहारको बहार ताम्राकारमा उपहार नै उपहार योजनाको बम्पर पुरस्कार लमजुङका प्रबिन सिलवालले पाएका छन् । मंगलबार ताम्राकार कम्प्लेक्समा आयोजित कार्यक्रमकाविच लक्की ड्रका विजेता सिलवाललाई मोटरसाइकल हस्तान्तरण गरिएको हो । moter
    असोज १३ गतेदेखि कार्तिक ६ गतेसम्म ताम्राकार मोबाइल बजारमा मोबाइल खरिद गर्ने ग्राहकहरुलाई यो अफरमा समावेश गरिएको थियो ।
    मोटरसाइकल बिजेता सिलवालले ताम्राकार कम्प्लेक्सको पसल नं ४१ बाट डिटिसी मोबाइल खरिद गरेका थिए ।
    एक महिनाको सो अवधीभर ताम्राकार मोबाइल बजारबाट ४५ हजार सेट मोबाइल बिक्री भएको ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले बताए ।
    मोटरसाइकल पाउने सिलवालले उपहार प्राप्त गरेकोमा आश्चर्य प्रकट गरे । प्राप्त उपहारले ताम्राकार मोबाइल बजार प्रतिको बिश्वास बढेको पनि उनले बताए । ३ हजार रुपैंयाँ मूल्यको मोबाइल खरिद गरेका उनले २०० सिसिको पल्सर एनएस मोटरसाइकल प्राप्त गरेका हुन् ।
    सो अवधीमा बजारमा मोबाइल खरिद गर्ने उपभोक्ताहरुलाई लक्की ड्र मार्फत १० वटा सामसङ टिभी, बिभिन्न कम्पनीका ३० वटा मोबाइल र १ सयवटा पावर बैंक बितरण गरिएको ताम्राकार मोबाइल ब्यापार संघका कोषाध्यक्ष अनिल ढकालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij