शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

चारवटा ट्रकबस दुर्घटनामा १८ जना घाइते

  • प्रकाशित मिति : बुधबार, मंसिर १, २०७३



  • नवलपरासी । पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा मङ्गलबार भएको सवारी दुर्घटनामा परी १८ जना घाइते भएका छन् ।

    ना ६ ख ३९१८ नम्बरको ट्रक, ना ४ ख ६०८२ नम्बरको बस, लु १ ख ७४३८ नम्बरको बस र यु पी ५७ ५२७८ नम्बरको भारतीय ट्रक एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो ।

    सबै घाइतेको अवस्था सामान्य छ । घाइतेको चितवन भरतपुरस्थित सिएमसि मेडिकल कलेजमा उपचार भइरहेको गैँडाकोट प्रहरीले जनाएको छ ।

    लागुऔषध दुव्र्यसन जटिल

    यसैबीच, नवलपरासीमा पछिल्लो समय लागुऔषध दुव्र्यसनी र यसको कारोबारको अवस्था निकै जटिल देखिएको छ । जिल्लाको सीमावर्ती खुल्ला नाका भएका कारण लागुऔषध दुव्र्यसनी र यसको कारोबार जटिल अवस्था नवलपरासीमा पनि परेको हो ।

    नवलपरासीका प्र्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले पछिल्लो तीन महिनामा लागुऔषधसँग सम्बन्धित २७ वटा मुद्दा दर्ता भएको जानकारी दिए । जिल्लाको तथ्याङ्कमा हेर्ने हो भने पनि लागुऔषध दुव्र्यसनी र यसको कारोबारको अवस्था विकराल देखिन्छ ।

    प्रहरी उपरीक्षक चौधरीले लागुऔषधको प्रयोगकर्ता भन्दा पनि त्यसको कारोबारमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता रहेको बताए ।

    नवलपरासीमा लागुऔषधको प्रयोग र कारोबारको सवालमा जिल्लामा यसको सञ्जाल बढ्दो छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij