आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विप्लवको सामुन्ने जब पाख्रिन रोए….

  • प्रकाशित मिति : बुधबार, मंसिर १, २०७३



  • काठमाडौं । राजधानीको कमलादी स्थित प्रज्ञाभवनमा आयोजित नेकपा माओवादी सम्बद्ध अखिल नेपाल जनसांस्कृतिक महासंघको पाँचौ राष्ट्रिय सम्मेलनमा जनवादी गायक खुशीराम पाख्रिन भावुक बन्न पुगेका छन् ।

    जुन सम्मेलनमा पार्टी अध्यक्ष नेत्रविक्रम चन्द विप्लवको सहभागिता रहेको थियो ।
    सम्मेलनलाई सम्बोधन गर्दै पाख्रिनले २०३८ सालदेखि निरन्तर जनवादी गीत गाउँदै आएपछि आफू ओझेलमा परेको गुनासो गरे ।

    कलाकारहरु चाहिँदाको भाँडा र नचाहिँदाको ठाँडो वनाइएको भन्दै पाख्रिनले आफ्ना नेताहरु साँस्कृतिक हिसावले विग्रिएको दावी गरे । १ सय ६० जना जनवादी कलाकारले युद्धमा ज्यान गुमाएको सम्झेर उनी रोष्टममै रोएका थिए । खुशीराम रुँदा महासचिव विप्लव गम्भीर देखिएका थिए ।

    महासचिव विप्लवले आफ्नो मन्तव्यको अधिकाँश समय पाख्रिनको नाम उच्चारण गरिरहेका थिए । पाख्रिनलाई आश्वस्त तुल्याउन ‘विचलनको भासमा जाकिएका नेताहरु जो आफू बिचलनमा परिसक्यौं भनेर स्वीकार समेत गर्दैनन् त्यस्ताहरुसँग टाउको घुसारेर तिनैसँग आफ्नो मूल्याँकन र संरक्षण भएन भनेर बस्नुभन्दा आफ्नो इतिहासलाइ सम्झिएर गर्व गर्न’ विप्लवले सुझाव दिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij