प्रकाशित मिति : बुधबार, मंसिर १, २०७३
झापा । खोलामा करेन्ट लगाएर माछा मार्नेक्रममा झापामा एक व्यक्तिको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार मेचीनगरपालिका– ११ का ३३ वर्षीय कुमार मगरको करेन्ट लागेर मृत्यु भएको हो । मङ्गलबार स्थानीय पालिया खोलामा माछा मार्दा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर घाइते बनेका उनलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा ल्याए पनि उनको अस्पतालमा नै मृत्यु भएको बताइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij