शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

पाँचथरको सराङडाँडा घरभित्रको धुवाँमुक्त गाविस घोषणा

  • प्रकाशित मिति : बुधबार, मंसिर १, २०७३



  • पाँचथर  । पाँचथरको सराङडाँडा गाविसलाई घरभित्रको धुवाँमुक्त गाविस घोषणा गरिएको छ । गाविसमा रहेका एक हजार २८४ घरधुरीमध्ये शतप्रतिशतले सुधारिएको चुलो निर्माण गरेसँगै मङ्गलबार आयोजित एक कार्यक्रमकाबीच धुवाँमुक्त गाविस घोषणा गरिएको हो ।

    उक्त कार्यक्रममा सोही दिनदेखि नै सुधारिएको चुलोको प्रयोग गर्ने घोषणा समेत गरिएको थियो । घोषणा कार्यक्रममा बोल्दै जिविसको वातावरण, ऊर्जा तथा जलवायु परिवर्तन शाखा प्रमुख दिनेशकुमार सिंहले सुधारिएको चुलोबाट हुने फाइदाका बारेमा बोलेका थिए ।

    यस्तै नेपाली काँग्रेस जिल्ला सचिव रुपनारायण जवेगु, नेकपा एमालेका जिल्ला सहसचिव धनकुमार फियाक, राप्रपा नेपालका जिल्ला अध्यक्ष घलेन्द्र कुरुम्बाङ, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य ढकेन्द्र भट्टराई, स्थानीय स्वास्थ्य सहयोग समिति संयोजक नरेन्द्र बस्नेत, महिला विकास अधिकृत निर्मला मिश्रलगायतले वातावरण र जनस्वास्थ्यका बारेमा प्रकाश पारेका थिए ।

    सन् २०१६ भित्रमा पाँचथरलाई घरभित्रको धुवाँमुक्त जिल्ला घोषणा गर्ने लक्ष्य राखिए पनि अपेक्षा गरेअनुरुपको काम हुन नसक्दा १२ वटा गाविसमात्रै धुवाँमुक्त गाविस घोषणा भएका छन् । अझै २६ वटा गाविस र एक नगरपालिका घोषणा हुन बाँकी रहेको वातावरण, ऊर्जा तथा जलवायु परिवर्तन शाखाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij