प्रकाशित मिति : बिहिबार, मंसिर २, २०७३
राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खोजपुरमा पिकप भ्यान र मोटरसाइकल ठोक्किँदा बुधबार एकजनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा. ६ च. २०४६ नंको पिकप भ्यानले विपरीत दिशाबाट आउँदै गरेको को २४ प ६२६७ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङको अमरदह–९ बस्ने २८ वर्षीय तिलचन गनगाईंको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो दुर्घटनामा परी गम्भीर घाइते भएका भ्यान चालक काठमाडौं बल्खु बस्ने ४५ वर्षीय इन्द्रबहादुर कट्वाललाई उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij