आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सांसदद्वारा पेन्सन माग

  • प्रकाशित मिति : बिहिबार, मंसिर २, २०७३



  • काठमाडौँ । संसद्मा विचाराधीन सङ्घीय संसद्का पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयकको प्रस्तावित सुविधामा आलोचना भइरहेका बेला साना दलका सांसदले पेन्सनको माग गरेका छन् ।Rss_Images_1448525220948_RS-KTM-Samsad 2072-8-10-b

    विचाराधीन विधेयकमा संशोधन दर्ता गर्दै संविधान जारी गर्ने कार्यकालका सांसदलाई पेन्सन सुविधा दिइनुपर्ने माग गरी संशोधन दर्ता भएको हो । विधेयकमा संशोधन दर्ता गर्ने क्रम बिहीबार सकिँदैछ तर ठूला दल आबद्ध सांसदहरूले भने पदाधिकारी वा सदस्यको मृत्युपछि पाउने सुविधा आर्थिक रूपमा कमजोर परिवारलाई मात्र दिनुपर्ने माग गर्दै संशोधन दर्ता गरेका छन् । संशोधन दर्ताको प्रक्रिया सकिएपछि विधेयक पुनः संसद्मा पेस हुनेछ ।

    विचाराधीन विधेयकको सुविधासम्बन्धी अनुसूचीमा सुविधा थप गरी पेन्सन सुविधा थप गर्न माग गरिएको छ । पेन्सनको सुविधा माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिककी सीमाकुमारी विकले संशोधन दर्ता गर्नुभएको छ । उहाँले अनुसूचीमा रहेको सुविधामा संविधान जारी गर्ने सदस्यहरूलाई पेन्सनको सुविधा माग गर्नुभएको छ ।

    यस्तै सद्भावनाका नरसिंह चौधरीले मूल विधेयकको दफा २ (२) मा संशोधन दर्ता गर्नुभएको छ । मूल व्यवस्थामा प्रतिनिधि वा राष्ट्रिय सभामा १० प्रतिशत वा सोभन्दा बढी सदस्यबाट छानिएका विपक्षी दलका नेतालाई मात्र विपक्षी दलको सुविधा दिने प्रस्ताव गरेको छ । सांसद चौधरीले संशोधनमा उक्त १० प्रतिशतको व्यवस्था हटाई एक दशमलव पाँच प्रतिशत कायम गर्न माग गर्नुभएको छ ।

    एमाले सांसद तारा राईले भने प्रस्तावित विधेयकले व्यवस्था गरेको पदाधिकारी तथा सदस्यको मृत्युपछि दिने प्रस्ताव गरिएको दुई लाख रुपियाँ आर्थिक रूपमा कमजोर परिवारलाई मात्र दिनेगरी संशोधन दर्ता गर्नुभएको छ । सोही व्यवस्थामा सांसद पेम्बा भोटेले पनि सहायता आर्थिक अवस्था कमजोर भएका परिवारलाई मात्र दिने गरी अनुसूचीमा स्पष्ट पार्न माग गर्दै संशोधन दर्ता गनुर््भएको छ ।

    सङ्घीय संसद्का पदाधिकारी र सदस्यहरूको पारिश्रमिकसम्बन्धी विधेयक शुक्रबारको सदनमा कानुनमन्त्रीका तर्फबाट स्थानीय विकासमन्त्री हितराज पाण्डेले पेस गर्नुभएको थियो । सैद्धान्तिक छलफलपछि गत सोमबारको संसद्ले विधेयक संशोधन दर्ताका लागि अनुमोदन गरेको थियो ।

    २०५२ सालपछि पहिलोपटक कानुनमा हेरफेर गरेर संसद्का पदाधिकारी र सदस्यको पारिश्रमिक तोक्न लागेको हो । अहिले विभिन्न समयमा राजपत्रमा सूचना प्रकाशन गरी पारिश्रमिक हेरफेर हुँदै आएको छ । सांस्हरूलाई विभिन्न १८ शीर्षकमा सुविधा दिने गरी विधेयक सरकारले प्रस्ताव गरेको छ । अधिकांश शीर्षकमा यसअघि दिइँदै आएको सुविधा बढाइएको छ । केहीलाई यथावत् राखिएको छ ।

    वार्षिक बजेटले सांसदको सेवासुविधा बढाउन बाटो खुला गरे पनि अर्थ मन्त्रालयले सहमति दिन ढिलाइ गर्दा विधेयक आउन केही समय ढिला भएको थियो । विधेयक अनुसार अब सांसदहरूको मासिक तलब ५५ हजार रुपियाँ हुनेछ । मासिक तलबबाहेक घरभाडा, सचिवालय खर्च, धारा पानी बिजुलीको रकम पनि सांसदहरूले पाउनेछन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij