शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

रामायणका ‘विभिषण’ मुकेश रावलको रेलले काटेर मृत्यु

  • प्रकाशित मिति : बिहिबार, मंसिर २, २०७३



  • ‘रामायण’ धारावाहिकमा ‘विभिषण’ को भूमिकाका लागि चर्चित भएका अभिनेता मुकेश रावलको मुम्बईमा मृत्यु भएको छ । मुम्बइको उपनगर कांदीवलीमा रेलको ट्र्याकमा रावललाई मृत पाइएको हो । पुलिसका अनुसार रेलको ट्र्याक पार गर्दै गर्दा ६६ वर्षीय रावल रेलको मुनी आएका हुन् । उनको मृत्यु रेलले काटिएर भएको पुलिसले जानकारी दिएको छ ।

    रेलवे पुलिस आयुक्त निकेत कौशिकका अनुसार उनको शव मंगलबार बिहान ९ः३३ मा पाइएको थियो तर अभिनेताका परिवारले उनको सनाखत बुधबार मात्रै गरेका थिए । रावलको शव बोरीवली र कांदीवली रेलवे स्टेशनको बिचको ट्र्याकमा पाइएको हो ।

    शवमा केही पनि नभेटिएकाले उनको तत्काल पहिचान गर्न नसकिएको पुलिसले बताएको छ । रेलवेको सबै पुलिस थानामा उनको फोटो जारी गरिएको थियो । रावलको खोजी गर्दै उनका ज्वाईं कांदीवली रेलवे स्टेशनमा आएपछि उनको सनाखतको लागि अस्पताल पठाइएको थियो ।

    पोर्टमार्टमपछि उनको शव परिवारलाई जिम्मा लगाइएको पुलिसले बताएको छ । ‘रामायण’ का साथै रावलले गुजराती फिल्म र अन्य टेलिभिजन धारावाहिकमा अभिनय गरेका छन् । उनी आजकाल ‘नस नस मे खुन्नस’ नामक टिभी सिरियलमा काम गरिरहेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij