शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

भूकम्पबाट प्रभावित १४ जिल्लामा ८०० खानेपानीका योजना निर्माण सुरु

  • प्रकाशित मिति : बिहिबार, मंसिर २, २०७३



  • हेटौँडा । मकवानपुरमा भूकम्पबाट भत्किएका खानेपानी र सरसफाइको क्षेत्रमा काम सुरु गरिएको छ ।

    भूकम्पका कारण पूर्ण र आंशिक रुपमा क्षति पुगेका १४ जिल्लामा ८०० वटा खानेपानी योजना निर्माणअन्तर्गत मकवानपुरमा पनि काम सुरु भएको हो । सरकारी स्वामित्वमा रहेको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फन्टबोर्डले भूकम्पबाट प्रभावित जिल्लालाई लक्षित गरेर खानेपानी र सरसफाइको क्षेत्रमा क्षति पुगेका सबै संरचना निर्माणको काम सुरु गरेको हो ।

    पहिलो चरणमा समितिले ४६८ वटा खानेपानी योजना सुरु गरिसकिएको र केही समयपछि अरु बाँकी योजनाको काम सुरु गर्ने ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फन्टबोर्डका कार्यकारी निर्देशक भूपेन्द्र अर्यालले जानकारी दिए ।

    ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फन्टबोर्डको आयोजनामा मध्यमाञ्चल र पूर्वाञ्चलका विभिन्न जिल्लाका इन्जिनियरलाई हेटाँैडामा पाँच दिनसम्म खटाइएको छ । खानेपानीका योजनासँगै समितिले सबै घरमा शौचालय, खानेपानीका धारा, सार्वजनिक निकाय गाविस, नगरपालिका, स्वास्थ्य संस्था, विद्यालय, सामुदायिक भवन सबैमा खानेपानी र सरसफाइको क्षेत्रमा पूर्ण रुपमा काम गर्न सुरु गरिसकिएको कार्यकारी निर्देशक अर्यालले बताए ।

    भूकम्पबाट प्रभावित १४ जिल्लाका प्रत्येक घरमा शौचालय निर्माण, प्रत्येक घरमा धारा निर्माण गर्ने गरी काम सुरु गरिएको हो । यसैगरी देशका ७४ वटा जिल्लामा समितिले एक घर एक धारा, एक घर एक चर्पी भन्ने अवधारणाका साथ काम सुरु गरिएको फन्डबोडका मानव संशाधन महाशाखाका प्रमुख टीका अधिकारीले जानकारी दिए ।

    पहिले गाउँका एकवटा टोलमा एउटा धारा निर्माण गरेर केही चर्पी निर्माण गरिए पनि अबको समयमा प्रत्येक घरमा धारा जडान गर्ने नीतिका साथ काम सुरु गरिएको बताउँदै उउनले भने “हामी अब टोलमा हैन सबै नागरिकलाई खानेपानी र सरसफाइको क्षेत्रमा सुविधा दिने गरी प्रत्येक घरघरमा यो सुविधा दिन लागेका छौ ।” हेटौँडामा प्राविधिकलाई तालिम दिएर यो काम सुरु गर्न लागिएको उनले बताए ।

    समितिले सिधै आफैँ गएर गाउँमा खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्नुभन्दा पनि रकम स्थानीय उपभोक्ता समितिको खातामा हाली दिने र समितिमार्फत गैरसरकारी संस्थाबाट प्राविधिक सहयोगको काम मात्र गर्दै आएको छ ।

    ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फन्टबोर्डले यो दुई वर्षको अवधिमा आफ्नो कार्य क्षेत्रका ४०० वटा गाविसलाई खुला दिसामुक्त तथा पूर्ण सरसफाइयुक्त गाविस तयार गर्ने गरी काम अगाडि बढाइएको छ । जहाँ खानेपानीको काम सुरु भएका छन् त्यहाँ सरसफाइका लागि पनि बोर्डले काम गरेको छ ।

    सन् २०२० सम्मको पाँच वर्षको अवधिमा खानेपानीमा १५ लाख र सरसफाइमा १० लाख जनतालाई लाभान्वित हुनेगरी काम गर्ने तयारी भएको छ ।
    मकवानपुरमा हालसम्ममा यसअघि ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फन्टबोर्डले ११९ वटा खानेपानीका योजना सकिसकेको छ । जिल्लाको सबै गाविसमा सञ्चालन भएका योजनाबाट एक लाख एक हजार १५० जना नागरिक प्रत्यक्ष रुपमा लाभान्वित भएको बोर्डको काममा प्राविधिक रुपमा सहयोग गरेको सल्भ नेपालका कार्यक्रम संयोजक सरोज पोख्रेलले बताए ।

    खानेपानीको ठूलो समस्या भोगिरहेका अति प्रभावित गाउँलाई लक्षित गरेर खानेपानीका योजना सञ्चालन गरिएको थियो । यो योजना सञ्चालन भएपछि मर्मत सम्भार गर्ने निर्माण गर्ने काममा स्थानीय उपभोक्तानै अग्रसर भएर काम गरेका थिए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij