आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण अलपत्र, खेलाडी निराश

  • प्रकाशित मिति : बिहिबार, मंसिर २, २०७३



  • lqms]6 /ªuzfnf lgdf{0f cnkq a}t8Ldf b'O{ jif{cl3 lgdf{0f sfo{ ;'? eP klg /fli6«o v]ns'b kl/ifb / lgdf{0f sfo{df ;+nUg 7]s]bf/aLrsf] ljjfbsf sf/0f cnkq k/]sf] ;'ljwf;DkGg cGt/f{li6«o:t/sf] bz/yrGb lqms]6 /ªuzfnf . tl:a/ M ljgf]bl;+x lai6, a}t8L, /f;;

    बैतडी  । सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा दुई वर्षअघि सुरु भएको सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको दशरथचन्द क्रिकेट रङ्गशाला निर्माण कार्य अलपत्र परेको छ । राष्ट्रिय खेलकुद परिषद् र निर्माण कार्यमा संलग्न ठेकेदारबीचको विवादका कारण करोडौँको काम अलपत्र परेको हो ।1479363707631_bb_baitadi_161109_20161109_131637

    सुदूरपश्चिममै पहिलोपटक करिब रु ११ करोडको लागत अनुमानसहित बैतडी सदरमुकाम नजिकै सुन्दरखालीमा दशरथचन्द क्रिकेट स्टेडियमको निर्माण एक वर्षअघि देखि रोकिएको छ । दुई वर्षअघि राष्ट्रिय खेलकुद परिषद्ले बहुउद्देश्यीय क्रिकेट स्टेडियम निर्माणका लागि काम सुरु गर्दा चन्द्रा एन्ड वसन्त कन्सट्रक्सनले निर्माण जिम्मा पाएको थियो ।

    “सम्झौताअनुसार हामीले निर्माण कार्य सम्पन्न गरिसकेका छौँ”, चन्द्रा एन्ड वसन्त कन्सट्रक्सनका प्रबन्ध निर्देशक गणेश चन्दले भने, “खाल्डाखुल्डी छ मैदानमा भन्ने राखेपले आरोप लगाएको छ ।” गत वर्ष नै निर्माण कार्य सम्पन्न गरिसकेको र हामीलाई जानकारी नदिईकनै रङ्गशाला निर्माणको अनुगमन गरेको समेत उनको आरोप रहेको छ । “निर्माण कार्य सम्पन्न गरेर बिल पेस गरेका छौँ, प्रक्रिया चलिरहेको छ, ” निर्माण कम्पनीका ठेकेदार सुरेश चन्दले भने, “६३ हजार घनमिटर माटो काट्ने सम्झौता भएको हो ।”

    ठेकेदारले स्वीकृत ठेक्का रु एक करोड १९ लाख बरारबको काम गरेपनि खेलकुद परिषद्ले पूरै रकम भुक्तानी नदिएको दाबी गरेको छ भने खेलकुद परिषद्ले कामको मूल्याङ्कनका आधारमा रकम भुक्तानी दिइसकेको बताएकाले विवाद बढेको बताइएको छ ।

    खेलमैदानको अभाव

    काम रोकिएर निर्माण कार्य अनिश्चित भएसँगै स्थानीय खेलाडीका लागि खेलमैदान अभाव भएको छ । डेढ दशकअघि बाट क्रिकेटको सुरुवात भएसँगै बैतडीको दशरथचन्द नगरपालिकाको सुन्दरखालीमा क्रिकेट फिल्ड निर्माण गरिएको थियो । यही फिल्डमा अभ्यास गर्दागर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण योगदान पु¥याएको बैतडीमा हाल आएर खेलमैदानको नै अभाव भएको क्रिकेट एसोसिएसन नेपाल क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

    “सुविधासम्पन्न स्टेडियम निर्माण सुरु हुँदा उत्साहित बनेका क्रिकेटप्रेमी तथा प्रतिभावान् खेलाडी अहिले चिन्तित भएका छन्”, उनले भने, “निर्माण कार्य जुनसुकै हालतमा पनि चाँडोभन्दा चाँडो अघि बढ्नुपर्छ ।” दुवै पक्षबीचको टकरावका कारण क्रिकेट खेलाडी भने मर्कामा पर्नुका साथै अन्तर्राष्ट्रिय स्तरको दशरथचन्द क्रिकेट रङ्गशाला निर्माण कार्य जिल्लामा कुनै पनि क्रिकेट प्रतियोगिता हँुदासमेत समस्या हुने गरेको छ ।

    खेलाडी निराश

    जिल्लामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण हँुदा हर्षित भएका स्थानीय खेलाडीमा भने केही निराशा छाएको छ । नियमित अभ्यासका साथै स्थानीय टुर्नामेन्ट सञ्चालन गर्न नसकिने अवस्था आएकाले खेलमैदानको निर्माण सुरु हुनुपर्ने स्थानीय क्रिकेट खेलाडी मोहित भण्डारीले बताए ।

    बैतडीमा क्रिकेटप्रति आकर्षण बढ्दै गएपनि उचित खेलमैदान भने बन्न सकेका छैनन् । वर्षमा विभिन्न टुर्नामेन्ट गर्दा स्थानीय खेलाडी उत्पादन हुने भएपनि दुईवर्ष यता आफूले कुनै टुर्नामेन्ट गर्न नसकेको अर्का क्रिकेट खेलाडी खेमराज भट्टको भनाइ छ ।

    दशरथचन्द क्रिकेट मैदान भत्काइएपछि स्थानीय खेलाडी सदरमुकामभन्दा १० किलोमिटर टाढाको देहिमाडौँ र बुड्ढामा रहेको धुलाम्मे मैदानमा जानुपर्ने बाध्यता सिर्जना भएको छ । टाढाको खेलमैदान एकतिर सानो आकारको धुलाम्मे रहेको र अर्कातिर त्यहाँसम्म जान खर्चिलो हुँदा समस्या भएको छ ।

    करिब रु ११ करोडमा निर्माण हुने भनिएको क्रिकेट स्टेडियममा ५५ गेजभन्दा बढीको खेलमैदान, डे«सिङ रुम, पेभेलियन, प्रशासकीय भवन, जिम हल र प्राक्टिस हलसहितको सुविधासम्पन्न खेलमैदान बनाउने तयारी अलपत्र परेको छ ।

    रङ्गशालाको निर्माण कार्य तीन वर्षभित्रै सम्पन्न गरिसक्ने गरी रु ११ करोड अनुमानित बजेट लाग्ने अनुमान गरिएको थियो ।

    रङ्गशाला निर्माणपछि भारतसँग सीमा जोडिएको सो ठाउँमा भारतका खेलाडी आउन सक्ने र खेलको स्तरसमेत बढ्न सक्ने आँकलनसमेत गरिएको छ । बैतडीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला र पुरुष गरी दर्जनौँ क्रिकेटर जन्माइसकेकाले रङ्गशाला निर्माण भएपछि थप सहयोग पुग्ने आशा गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij