शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

स्क्रब टाइफसबाट एक महिनामै चारको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, मंसिर २, २०७३



  • चितवन ।   स्क्रब टाइफस रोगबाट कात्तिकमा मात्रै चितवनमा चारजनाले ज्यान गुमाएका छन् । कात्तिक अन्तिम साता चितवनमा थप एक महिलाको मृत्यु भएपछि एकै महिनामा स्क्रब टाइफस रोगबाट मृत्यु हुने चार पुगेको हो ।

    जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार कात्तिक अन्तिम साता भरतपुर उपमहानगरपालिका–२२ निवासी ३५ वर्षीया महिलाको उक्त रोगका कारण मुत्यु पुष्टि भएको हो । “कात्तिक अन्तिम साता मृत्यु भएको जानकारी आएको थियो, भेरिफाई गर्दा स्क्रब टाइफस नै प्रमाणित भयोे”, जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले भन्नुभयो । ती महिलाको चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको केसीले बताउनुभयो ।

    चितवनमा असारदेखि कात्तिक अन्तिमसम्म स्क्रब टाइफसबाट ६ जनाको मृत्यु भएको छ । कात्तिकमा मात्रै चारजनाको ज्यान गएको छ । यो वर्ष गएको असार २८ गते पश्चिम चितवनको मङ्गलपुरका ४५ वर्षीया एक महिलाको मृत्यु भएको थियो । कात्तिक १ गते पूर्वी चितवनको कालिका नगरपालिका–६ का १४ वर्षीया बालिका र कात्तिक ४ गते रत्ननगर नगरपालिकाकी १४ वर्षीया बालिकाको ज्यान गएको थियो ।

    यस्तै, कात्तिक दोस्रो साता पश्चिम चितवन गुञ्जनगरकी ७१ वर्षीय वृद्धाको मृत्यु भएको थियो । अहिले कात्तिक अन्तिम साता भरतपुर—२२ की ३५ वर्षीया महिलाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

    चितवनमा यो वर्ष चारसय ७१ जनामा स्क्रब टाइफसको सङ्क्रमण भएको छ । मुसाको शरीरमा हुने सूक्ष्म माइट नामको किराले टोकेमा यो रोग सर्ने कार्यालयका सूचना अधिकारी नरहरि शर्माले बताउनुभयो । विशेषगरी झारपात र झाडीमा उक्त किरा खसेका बेला मान्छेमा टाँसिएर यसले टोक्ने गर्छ । नेपालमा स्क्रब टाइफसबाट अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij