शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

चिनियाँ लगानीकर्ताको टोली भैरहवामा

  • प्रकाशित मिति : बिहिबार, मंसिर २, २०७३



  • भैरहवा ।  चीनबाट नेपाल भ्रमणको लागी निस्केको लगानीकर्ताहरुको टोली भैरहवा आई पुगेको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, भैरहवाले एक कार्यक्रमको आयोजना गरि टोलीलाई स्वागत गरेको छ । unnamed
    स्वागत कार्यक्रममा बोल्दै चिनिया टोलीको नेतृत्व गरिरहेकी ओबोर टिमको संस्थापक सुयाले नेपालमा भौतिक पूर्वाधार र सुरक्षा भए बिद्युत तथा पर्यटन उद्योगमा लगानी गर्न सक्ने सम्भावना रहेका बताईन । भैरहवा गौतम बुद्धको जन्मस्थल र भौतिक पूर्वाधार लगायतमा बलियो रहेको हुदा यहा पर्यटन उद्योगको सम्भावना रहेको उनको भनाई थियो ।
    चीनमा पहिलो बिशेष आर्थिक क्षेत्र सेनजेनमा भएको र यसैको कारण उक्त शहर अहिले चीनको मूख्य र बिकसीत शहरमा परेको बताउदै अबको दिनमा भैरहवा पनि सेजबाट फाईदा उठाउन सक्षम हुनु पर्ने बताईन ।
    चिनिया टोलीलाई स्वागत गर्दै सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष राम कुमार शर्माले नेपाल लगानीको दृष्टिले सुरक्षित भएको बताउदै यहा, पर्यटन, बिद्युत लगायतका क्षेत्रमा लगानी गर्न सकिने बताए ।
    नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशी सहित आएको २६ जनाको चिनिया टोली लुम्बनी, मधवलियामा रहेको अष्ट्रिज फर्म लगायतको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij