प्रकाशित मिति : सोमवार, मंसिर ६, २०७३
मिति २०७३ मंसिर ५
स्थान : राष्ट्रिय सभागृह, काठमाडौं
कार्यक्रम : नेपाल भारतको सम्बन्ध र मिडियाको भूमिका विषयक अन्तक्र्रिया
आयोजक : नेशनल मिडिया फाउण्डेशन, दिल्ली, भारत
वक्ता : उपप्रधान एवम् गृहमन्त्री बिमलेन्द्र निधि
वक्ता आफ्नो भनाई राख्न उठे र पोडिएममा पुगे । उनी बोल्न नपाउँदै दर्शकले उनलाई नेपालीमा बोल्न आग्रह गरे । उनले पहिला नेपाली र त्यसपछि हिन्दीमा बोल्ने बताए । दर्शक मध्धे कसैले ‘हुँदैन, हुँदैन नेपालीमा बोल्नुपर्छ’ भने ।
एक छिनमा गृहमन्त्री रिसाए । नेपाली चाहिने भए बाहिर गए हुन्छ भने ।
दर्शकमध्ये एकजनाले भने, ‘तपाई गृहमन्त्री जस्तो व्यक्तिले हामी नेपालीलाई नै हलबाट बाहिर जान भन्न मिल्छ ?’
अनि गृहमन्त्रीले भने, ‘तपाई चुप लाग्नुस् ।’
गृहमन्त्रीले भारतबाट पाहुना आएकाले उनीहरुले बुझ्ने भाषामा पनि बोल्ने बताए । पाहुनाहरुको सम्मान गर्नुपर्ने भन्दै गृहमन्त्रीले भने ‘ तपाइँहरु सङ्कीर्ण र सङ्कुचित नबन्नुहोस् ।’
त्यसपछि गृहमन्त्री निधि नेपाली र हिन्दी दुवै भाषामा पालैपालो बोले ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij