आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नयाँ शक्तिमा पुरुषलाई उछिन्दै महिला अगाडि !

  • प्रकाशित मिति : मङ्लबार, मंसिर ७, २०७३



  • काठमाडौं । पार्टी घोषणापछिको जिम्मेवारी पुरा गर्नेमा नयाँ शक्तिमा महिला नेतृ अगाडि देखिएका  छन् । पार्टीको केन्द्रीय अनुगमन कार्यदलले सवैभन्दा राम्रो काम महिला संयोजक रहेको प्रदेशमा रहेको निश्कर्ष निकालेको छ । पुरुषको तुलनामा महिला नेतृ संयोजक रहेको प्रदेशमा राम्रो काम भएको कार्यदलको प्रतिवेदनमा छ ।nayashakti-women

    नयाँ शक्तिको सोमवारबाट शुरु भएको केन्द्रीय कार्यकारीणी समितिमा कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको थियो । नयाँ शक्तिको सात नम्वर प्रदेश संयोजक लिला भण्डारीले आफ्नो प्रदेशमा अन्य प्रदेशको तुलनामा राम्रो काम गरेको रिपोर्ट दिएको हो । भण्डारी पूर्व शिक्षा राज्य मन्त्री हुन् ।

    बामदेव क्षेत्रीको संयोजकत्वमा कार्यदल बनेको थियो । कार्यदलले कार्तिक पहिलो सातादेखि एक महिना काम गरेको थियो । सवै प्रदेशको कामको अवलोकन गरेर कार्यदलले आफ्नो रिपोर्ट दिएको थियो ।

    document

    कार्यदलको प्रतिवेदनको अंश

    कार्यकारीणी समितिका एक केन्द्रीय सदस्यका अनुसार क्षेत्रीले वैठकमा भनेका थिए, ‘हामी अन्य प्रदेशमा पनि गयौँ, सात प्रदेशमा पुग्दा पार्टी बनेको अनभूति भयो । पार्टी छ भन्ने लाग्यो । समस्या त छन् । तर, अनेत्र भन्दा धेरै राम्रो पायौँ । त्यहाँ पार्टीका सवै विभागले राम्रो काम गरेको पाइयो ।’

    नयाँ शक्तिको प्रदेश १ मा पासाङ शेर्पा, प्रदेश २ मा महेन्द्र पासवान, प्रदेश ३ मा गंगा श्रेष्ठ, प्रदेश ४ मा बलावती शर्मा, प्रदेश ५ मा सुरेन्द्र चौधरी, प्रदेश ६ मा झत्तबहादुर शाह र प्रदेश ७ मा लिला भण्डारी संयोजक छन् ।

    सोमवारबाट शुरु भएको नयाँ शक्तिको वैठकमा विभिन्न ६ वटा कार्यदलले तयार पारेको कार्ययोजनाका विषयमा छलफल भएको छ । गत कार्तिक ३ गते बसेको पार्टीको विशेष राजनीतिक समितिको बैठकले पार्टीको आगामी योजना, संगठन निर्माण, आर्थिक स्रोत परिचालन लगायतका विषयमा कार्ययोजना तयार गर्नका लागि ६ वटा कार्यदल निर्माण गरेको थियो । ६ वटा कार्यदलले तयार परेको कार्य योजनालाई मूर्तरुप दिन बैठक केन्द्रित छ ।

    आर्थिक स्रोत परिचालन सम्बन्धि कार्ययोजनामा पार्टीको खर्च व्यवस्थापनका लागि पार्टी सदस्यता तथा नविकरण शुल्क निर्धारण गरिने उल्लेख गरिएको छ । पार्टीको अगुवाईमा क्षेत्रगत रुपमा लघुवित्त कम्पनी, सहकारी संस्था, जलविद्युत आयोजना, होटल, कृषि सहकारी आदि संचालन गरी रोजगारी र स्वरोजगारी सृजना गर्ने प्रस्ताव पनि तयार गरेको छ ।

    तीन दिन चल्ने बैठकमा पार्टी केन्द्रिय कार्य समितिका सदस्यहरु, आमन्त्रित सदस्यहरु, संरक्षण समितिका सदस्यहरु, विशेष आमन्त्रित सदस्यहरु सहित १ सय ५० जनाको सहभागिता छ ।

    नयाँ शक्तिको एक सय सदस्यीय केन्द्रीय कार्यकारीणी परिषद्मा ३४ जना महिला छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij