प्रकाशित मिति : मङ्लबार, मंसिर ७, २०७३
रामेछाप । गाविसमा कार्यालय स्थापित भएका सरकारी कार्यालयका कर्मचारीलाई सम्बन्धित गाविसमै बसेर जनालाई सेवा प्रवाह गर्न रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले निर्देशन दिएका छन् ।
गाविसमा स्थापना गरिएका कार्यालय गाविसका जनतालाई सेवा दिन स्थापन गरिएकाले सम्बन्धित गाविसमै बसेर जनतालाई सेवा दिन प्रजिअ अधिकारीले कर्मचारीलाई निर्देशन दिएका हुन् ।
एकीकृत घूम्ती शिविर सञ्चालनको लागि रामेछापको गौश्वारा पुगेको सरकारी सेवा प्रदायक संस्थाको स्वागतमा स्थानीयले आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दै प्रजिअ अधिकारीले यस्तो निर्देशन दिएका हुन् ।
स्थानीयको जिज्ञासालाई संवोधन गर्दै प्रजिअ अधिकारीले सरकारी तथा गैरसकारी संस्थाले गाविसमा सञ्चालन गरेका कार्यक्रमहरु प्रभावकारी भएनभएको बारे स्थानीयले पनि चासो राख्नु पर्ने बताए ।
गाविसमा सञ्चालीत कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन नभएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन पनि प्रजिअ अधिकारीले स्थानीयलाई अनुरोध गरेका छन् ।
उनले गाविस स्तरमा स्थापना गरिएको सेवा प्रदायक संघसंस्थाहरु गाविसकै जनताको सेवाको लागि भएकाले गाविस सचिव लगायत अन्य कार्यालयका कर्मचारीहरु सम्बन्धि गाविमा बसेनबसेको अनुगमन गर्न स्थानीयलाई आग्रह गर्दै कर्मचारी सम्बन्धित कार्यालयमा नबसेमा सम्बन्धि निकायमा जानकारी गराउन पनि अनुरोध गरे ।
जिल्ला विकास समितिमा गैरकारी संस्था सम्पर्क कक्ष स्थापना गरिएको जानकारी दिंदै उनीहरुले स्वीकृत गरे बमोजीमको काम नगरेमा सम्पर्क कक्षलाई जानकारी गराउन पनि अधिकारीले स्थानीयलाई आग्रह गरेका छन् ।
गाविसमा सरकारी तथा गैरसरकारी कार्यलय मार्फत आएका कार्यक्रमको बारेमा जानकारी लिने अधिकार सेवाग्रहीलाई भएको भन्दै कार्यक्रको जानकारी लिन र काम भए नभएको निगरानी गर्न पनि उनले स्थानीय सेवाग्राहीलाई आग्रह गरे ।
प्रजिअ अधिकारीले सदरमुकाम मन्थलीबाट २२ कोषको दूरीमा रहेको गौश्वारा बासीलाई भने– टाढाको सेवाग्राही, बृद्धबृद्धा र बञ्चा भएका महिलाहरुलाई पहिले सेवा दिने भनि जिल्लाले निर्णय नै गरिसकेको छ, टाढाका सेवाग्राही, बृद्धबृद्धा र बञ्चा भएको आमाहरुले सदरमुकाममा सेवा लिन जाँदा लाइनमा बसिरहनु पर्दैन ।
सोही कार्यक्रममा महादेवस्थान सामुदायिक बन उपभोक्ता समिति गौश्वार ३÷४ र पातले सामुदायिक बन उपभोक्ता समिति गौश्वार–१ लाई परिमार्जित सामुदायिक बन कार्ययोजना र बनको विधान पनि हस्तान्तरण गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij