प्रकाशित मिति : बुधबार, मंसिर ८, २०७३
डोल्पा । मंसिर महिना सुरु भएसंगै डोल्पाको उत्तरी भेगमा अत्याधिक चिसोे बढ्न थालेको छ । चिसो छल्नैको लागि स्थानीयबासी बेसी झर्न थालेपछि गाउँ बस्ती शून्य बन्न थालेका छन् ।
माथिल्लो डोल्पामा पर्ने छार्का, तिन्जे, मुकोट,साल्दाङ, भिजेर, फोक्सुन्डो लगायतका दर्जनौ गाबिसहरुमा कार्तिक दोस्रो साता देखिनै उच्च हिमपात भई अत्याधिका चिसो बढ्ने भएकाले हरेकबर्ष त्यहाँका स्थानीय तल्लो डोल्पाका त्रिपुराकोट, लिकु, पहाडा दुनै, काईगँउ लगायतका गाविसमाहरु सर्ने गरेका हुन् ।
तातो समय सुरु भएपछिमात्र घर फर्कने फोक्सुन्डो गाविसका स्थानीय निमा लामाले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij