आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्थानीय तह पुनःसंरचना बैतडीमा विवाद कायमै

  • प्रकाशित मिति : बुधबार, मंसिर ८, २०७३



  • बैतडी । बैतडीमा स्थानीय तहको पुनःसंरचनामा फेरि विवाद देखिएको छ ।

    स्थानीय तहको पुनःसंरचना आयोगले बैतडीलगायत १९ वटा विवादित जिल्लामा विवाद मिलाएर गाउँपालिका, नगरपालिका, वडाको सीमाङ्कन, नामाङ्कन र केन्द्र तोकेर पठाउन निर्देश गरे पनि स्थानीयस्तरमा अझै सहमति जुट्न नसक्दा विवादित ठाउँको विवाद मिलाउन आयोगलाई नै आग्रह गरेको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले जनाएको छ ।

    समितिले तीनवटा नगरपालिका र सातवटा गाउँपालिकाको खाका आयोगमा पठाएको थियो । तर प्राविधिक समितिले पठाएको खाकामा विभिन्न क्षेत्रका बासिन्दाले विरोध गरेपछि आयोगले सो समितिलाई पत्राचार गरेको थियो ।

    आयोगको पत्र प्राप्त भएको र विवाद मिलाउन सकिने ठाउँमा विवाद मिलाएर पठाएको तर केन्द्रको हकमा भने केही ठाउँमा वैकल्पिक केन्द्रसहित पठाइएको समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी खेमराज विष्टले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij