प्रकाशित मिति : बिहिबार, मंसिर ९, २०७३
काठमाडौं । विश्व बजारमा उत्कृष्ट रहेको लियागो स्टाईलिस फोन अब नेपाली बजारमा उपलब्ध हुने भएका छन् । चाईनाको विश्वप्रख्यात लियागो ईन्टरनेशनल कम्पनीले निर्माण गरेको लियागो स्टाईलिस फोनको बिभिन्न चार सिरिजका ११ मोडलहरु जेएसएस गु्रपले नेपाली बजारमा ल्याउन लागेको हो ।
अन्य मोबाइलको तुलनामा लियागो स्टाईलिस मोबाइल सस्तो र सुलभ दरमा नेपालमा बिक्रि हुने जेएसएस गु्रपका प्रबन्ध निर्देशक मोहन वंशलले जानकारी दिए । बजारमा आउन लागेका उक्त फोनहरु विश्वका मलेसिया, बेलायत, क्यानडा लगाएत २० मुलुकमा बिक्रि बितरण हुदै आएको छ ।
लियागो स्टाईलिस मोबाइल फोन ५० हजार सम्मका छन् । सबै मोबाइलहरु सहज रुपमा नेपाली बजारमा उपलब्ध हुने वंशलको भनाई छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij