शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

सडक दुर्घटनामा परी छोराको मृत्यु भएको ठाउँमा बाबुको पनि मृत्यु

  • प्रकाशित मिति : बिहिबार, मंसिर ९, २०७३



  • पाल्पा । बुटवलदेखि सदरमुकाम तम्घास आउँदै गरेको जिप पाल्पाको अर्घेलीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

    बुधबार राती ८ बजे लु१झ २४४८ नम्बरको जिप दुर्घटना हुँदा गुल्मी मुसीकोट नेकपा माओवादी केन्द्र ९ नम्बर इलाका संयोजक ५२ वर्षीय बसन्त कार्कीको मृत्यु भएको हो ।

    उनको लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको प्रहरीले बताएको छ ।

    त्यस्तै दुर्घटनामा परी भीमलाल सापकोटा र प्रकाश कार्की गम्भिर घाइते भएका छन् । स्थानीय स्कुलका प्रअ समेत रहेको भीमलाल सापकोटाको अवस्था जानुक रहेको प्रहरीले बताएको छ ।

    सापकोटालाई सुरुमा लुम्बिनी मेडिकल कलेजमा भर्ना गराए पनि त्यहाँबाट पाल्पा रिफर गरी बुटवल पठाएको थियो । बुटवलमा उनको सिटी स्क्यान गरी उनलाई थप उपचारको लागि काठमाडौं लगिँदै छ ।

    दुर्घटनामा परी गम्भिर घाइते भएका ३२ वर्षीय प्रकाश कार्कीको पनि लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    कुल १० घाइतेमध्ये ८ जनाको अवस्था सामान्य रहेको पाल्पा प्रहरी प्रमुख हरिराज वाग्लेले जानकारी दिए ।

    स्मरण रहोस् त्यही सडक खण्डमा केही अर्षअघि बसन्त कार्कीको छोराको पनि सडक दुर्घटनामा ज्यान गएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij