प्रकाशित मिति : बिहिबार, मंसिर ९, २०७३
उदयपुर । संघीय समाजवादी फोरम नेपालका नेता अशोक राईले अंगीकृत नागरिकलाई राज्यका प्रमुख पद दिने गरि संविधान संशोधन गनुपर्ने आफ्नो पार्टीको माग नभएको बताएका छन् । 
संघीय समाजवादीका फोरम उदयपुरले विहिबार गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलन नेता राईले बैवाहिक अंगिकृतको सम्बन्धमामात्रै अन्तरिम संविधान अनुसार संशोधन हुनु पर्छ भन्ने गठबन्धनको माग रहेको बताए ।
राईले अगिकृत नागरिकताको बारेमा मधेशका समस्या समाधान गर्न नचाहने (नेकपा एमालेको नाम नलिईकन) अहिलेको दोस्रो ठूलो दलले फिँजाएको हल्ला मात्र रहेको ठोकुवा गरे ।
संविधान संशोधनको प्रसंगमा नेता राईले एक हप्ताभित्र संविधान संशोधनको प्रक्रिया सुरु हुने आशा जागेको बताए ।
उनले प्रधानमन्त्री प्रचण्डले संविधन संशोधनको छलफल अघि बढाई रहनु भएकाले आशा पलाएर आएको बताउँदै भने, ‘ प्रधानमन्त्रीले जुन ढंगले संशोधनको बाताबरण बनाउन लाग्नु भएको छ, त्यसमा मलाई आशा छ । नेता राईले भने, ‘संविधानमा भएका त्रुटि हटाउने प्रतिबद्धताका साथ प्रधानमन्त्री लाग्नु भएकाले संशोधन हुने मैले देखेको छु’ ।
नेकपा एमाले पनि संशोधनमा सहमत हुनुपर्ने उनले जोड दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij