प्रकाशित मिति : बिहिबार, मंसिर ९, २०७३
वीरगन्ज । वीरगन्जको आदर्शनगर रङ्गशालामा विहिबारदेखि योग विज्ञान शिविर २०७३ को आयोजना गरिएको छ ।
शिविर आगामी १३ गते सम्म सञ्चालन हुने छ । शिविरको पहिलो दिन चर्चित योग गुरु रामदेवले करीब ५ हजार सर्वसाधारणलाई योगाभ्यास गराएका थिए ।
उनले योगसम्बन्धी विभिन्न आसन गरेर देखाउँदै उपस्थित सर्वसाधारणले सोहि अनुसारको योगाभ्यास गरेका थिए ।
शिविरको एकाबिहानै राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । ![jL/uGhsf] cfbz{gu/ /ªuzfnfdf ljlxaf/ cfof]lht of]u lj1fg lzlj/ @)?j{;fwf/0f . ;~rflnt lzlj/df & xhf/ eGbf a9L k|lzIffyL{sf] ;xeflutf /x]sf] 5 . tl:a/ M ljho s'df/ dxtf] ÷/f;; ÷k;f{](https://www.ratopati.com/wp-content/uploads/2016/11/1479961613675_BM_Parsa_161124_4.jpg)
योगाभ्यासमा राष्ट्रपति र स्वामी रामदेवसँगै आचार्य बालकृष्ण, भारतीय राजदूत रणजीत राय, रुसी राजदूत आन्द्रेई सेरगेयेभिच वुद्निक, मन्त्रिगणलगायत विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij