शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

बैतडीबाट नौ सय क्विन्टल जडीबुटी निकासी

  • प्रकाशित मिति : बिहिबार, मंसिर ९, २०७३



  • बैतडी । जिल्लाबाट आव २०७२/७३ मा ९७९ क्विन्टल जडीबुटी निकासी भएको छ ।

    जिल्ला वन कार्यालयका अनुसार विभिन्न स्थानबाट सो परिमाणको जडीबुटी निकासी भएको हो । गत आवमा रिट्ठामात्रै एक लाख ३४ हजार ५०० किलो निकासी भएको छ ।

    यस्तै चुत्रो छ हजार ३०० किलो, तेजपात ३४ हजार ४०० किलो, काउलो १९ हजार ७०० किलो, अमला २० हजार ६०० किलो, पाखनवेद १४ हजार ९०० किलो, सुगन्धवाल एक हजार १५० किलो र बोझो एक सय किलो निकासी भएको जिल्ला सहायक वन अधिकृत अमर बुलनले जानकारी दिए ।

    रिट्ठा प्रशोधन उद्योगको तयारी

    नागरिकको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यसहित जिल्लामा रिट्ठा प्रशोधन उद्योग स्थापनाको तयारी गरिएको छ ।

    कैलाश पवित्र भू–परिधि संरक्षण तथा विकास पहल कार्यक्रमले गरेको अध्ययनअनुसार जिल्लामा वार्षिक ४४० टन रिट्ठा उत्पादन हुन्छ । उत्पादन भएको रिट्ठालाई प्रशोधन गर्नका लागि उद्योग स्थापना गर्न सके स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउन सकिने जिल्ला वन अधिकृत प्रभात सापकोटा बताउँछन्।

    जिल्लाको गोकुलेश्वर क्षेत्र, पाटन नगरपालिका, च्वाँगढ क्षेत्रलगायतका ठाउँमा रिट्ठा बढी मात्राममा उत्पादन हुन्छ । “रिट्ठाबाट उत्पादन हुने पाउडरको बजार सम्भाव्यताका विषयमा अध्ययन भइरहेको छ,” उनले भने। जिल्लामा गैरकाष्ठ वनपैदावारमा आधारित उद्योग स्थापनाका लागि सबैसँग पहल भइरहेको अधिकृत सापकोटाले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij