प्रकाशित मिति : बिहिबार, मंसिर ९, २०७३
मङ्सिर महिना विवाहको महिना हो । विवाहमा सबै मानिसहरु जमघट हुने भएकाले यसमा कोभन्दा को कमको भावना पक्कै हुन्छ । विलासिताले हामी सबैलाई आकर्षित गरेको हुन्छ । मानिसहरु आफ्नो शौखको लागि निकै महँगो लुगादेखि जुत्तासम्म लगाउने गर्दछन् । विवाहको मौसममा आज हामी तपाईंलाई संसारको सबैभन्दा ७ महँगो सुटको बारेमा जानकारी दिँदै छौं ।
ब्रान्डः Stuart Hughes Diamond Suit
मूल्यः ९ करोड रुपैयाँ
संसारको सबैभन्दा महँगो यो सुट cashmere वूल, सिल्क र ४ सय ८० वटा हिरा राखेर बनाइएको छ ।
ब्रान्डः Alexander Amosu Bespoke Suits
मूल्यः १ करोड ७२ लाख रुपैयाँ
यो आफ्नो विशेष सेवाको लागि संसारभरी चर्चित छ । यो कम्पनी एलेक्जेन्डर एमोसुले स्थापित गराएका थिए ।
ब्रान्डः “William Westmancott Ultimate Bespoke”
मूल्यः ७९.६८ लाख
यो सूट पूरै हातले नै सिलाइने भएकोले महँगो हुन्छ ।
ब्रान्डः “Kiton K-5”
मूल्यः ५३.१२ लाख
यो फेसन हाउसका संस्थापक सिरो पाओने किटोन हुन् । उनको स्टोर अष्ट्रेलिया, हंगकंग, रसिया। सिंगापुर, दक्षिण कोरिया, युएई, अमेरिका र बेलायतमा रहेको छ ।
ब्रान्डः “Desmond Merrion”
मूल्यः ४९.९२ लाख
यो ब्रान्ड बेलायतको निकै चर्चित फेसन उद्योगमध्येको एक हो । यो आफ्नो उत्कृष्ट क्वालिटिको कपडा र राम्रो फिटिङका लागि चर्चित छ ।
ब्रान्डः “Brioni Vanquish II Suit”
मूल्यः ४५.६ लाख
केरिङ्ग ब्रियोनीले आफ्नो सबैभन्दा महँगो सुटको रेन्ज सार्वजनिक गरेका थिए जुन आरामदायी कपडा भ्यान्क्विस टु बाट बनेको थियो । यो रेन्जको सबैभन्दा महँगो सुट ४५.६ लाखमा खरिद गरिएको थियो ।
ब्रान्डः “World Wool Record Challenge Cup”
मूल्यः २९.७६ लाख
यो ब्रान्डले हरेक वर्ष सबैभन्दा महँगो ५० वटा सुट बनाउने गर्दछ र एक कार्यक्रमको आयोजना गरी बिक्रि गर्दछ । यस वर्ष यो कार्यक्रम अष्ट्रेलिया र न्यूजिल्याण्डमा राखिएको थियो । यहाँ एउटा सूटको मूल्य २९.७६ मा बिक्रि भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij