प्रकाशित मिति : शुक्रबार, मंसिर १०, २०७३
काठमाडौ । अभिनेता सुधांशु जोशी र अभिनेत्री उषा पौडेलले विवाह गरेका छन् । अमेरिका रहेका यी कलाकारले उतै विवाह गरेका हुन् ।
चर्चित ग्ल्यामर फोटोग्राफर राजीब श्रेष्ठ उनीहरुको विवाहको तस्बिर बाहिर ल्याएका हुन् ।
केही पहिले विवाहको समाचार सार्वजनिक हुँदा सुधांसुले खण्डन गरेका थिए । कुनै समय राम्रै चर्चा बटुलेका सुधांशु अमेरिकामा हराएको लामै समय भईसकेको छ भने उषा पौडेल अमेरिका छिरेको केही बर्ष मात्र भएको छ ।
पहिलो विवाह असफल भएपछि एकल जीवन बिताईरहेका सुधांशुको यो दोस्रो बिबाह हो भने बलिउड अभिनयमा समेत संघर्ष गर्दा असफल उषाको यो पहिलो बिबाह हो ।
उनीहरुको बिबाहमा अमेरिका रहेका केही कलाकार सहभागी भएको बताइएको छ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij