शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

फास्टट्रयाक र अन्तर्राष्ट्रिय एयरपोर्टका लागि वारा-काठमाडौं पैदलयात्रा

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १०, २०७३



  • काठमाडौं ।   निजगढ द्रुतमार्ग (फास्टट्रयाक) र वारामा निर्माण हुने भनिएको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तिब्र गतिमा अघि वढाउन दवाव दिने उदेश्यले वाराका युवाहरुले वाराबाट काठमाण्डौंसम्म पैदलयात्रा गर्ने भएका छन्। तीन दशक अघिदेखि चर्चामा रहेका योजनाहरु अहिलेसम्म पूरा हुन नसकेकाले काठमाडौंलाई झक्झक्याउन यहि मंसिर १७ गतेदेखि २० गतेसम्म वारादेखि काठमाण्डौंसम्म पैदलयात्रा गर्न लागेको अभियानका संयोजक रविराज दङ्गालले जानकारी दिए ।

    दंगालको संयोजकत्वमा गठित फास्टट्रयाक एयरपोर्ट निर्माण संघर्ष समितिले यतिबेला हस्ताक्षर संकलन र रु.एक संकलन कार्यक्रम धमाधम अघि वढारहेको छ। जुझारु युवाहरूको यो अभियानलाई स्थानीय राजनीतिक दल,उद्योगी,ब्यवसायी र जनताले स्वतस्फूर्त सहयोग गरिरहेका छन्। अभियानको पहिलो चरणको कार्यक्रम अन्तर्गत अभियन्ताहरुले यतिबेला निजगढ सहित बारा, पर्सा र रौतहट जिल्लाका विभिन्न स्थानमा जनताका घरदैलोमा पुगी हस्ताक्षर संकलन गरिरहेका छन्।15215763_1690534824305910_1170497114_o

    त्यसक्रममा सांकेतिक रुपमा ‘फास्टट्रयाक र एयरपोर्ट निर्माणका निम्ति रु.१ लगानी गरौं’ भन्दै घरघरमा पुगेर रकम तथा हस्ताक्षर संकलन गर्ने र काठमाडौं पुगेर प्रधानमन्त्री एवं प्रमुख पार्टीका शिर्ष नेतालाई भेटेर बुझाउने कार्यक्रम रहेको छ।

    दवाव आन्दोलन अन्तर्गत एक सय दिने रिले अनशन, राष्ट्रिय सभागृहमा डकुमेन्ट्रि प्रदर्शन, सरोकारवालाहरुसंग अन्तर्क्रिया लगायतका कार्यक्रम पनि सार्वजनिक गरिएको संयोजक दंगालले वताए।

    सरकारले फास्टट्रयाकलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिएको छ।हालै भारतीय कम्पनी आईएल एण्ड एफसलाई दिइएको निर्माण सम्झौता रद्द गरि आफैं वनाउने निर्णयको चौतर्फी स्वागत भएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij