शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

महिला हिंसाविरुद्ध पुरुष पदयात्रा (फोटोफिचर)

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १०, २०७३



  • नेपाली समाजमा पुरुषले महिलालाई मात्रै हिंसा गर्छन् भन्ने मान्यता छ । प्रतिशत र प्रकृतिका आधारमा नेपालमा महिला हिंसा नै बढी भएको तथ्याकंले देखाउँछ, लैगिंक हिसाबले भने लिंगकै आधारमा महिला, पुरुष र लैगिंक अल्पसंख्यक समुदायमाथि हुने हिंसालाई जनाउँछ ।

    लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा काभ्रेमा शुक्रबार पुरुष पदयात्रा आयोजना गरिएको छ । महिला तथा बालबालिका कार्यालय, जिल्ला प्रहरी कार्यालयअन्तर्गतको महिला तथा बालबालिका केन्द्र र मानवअधिकारको क्षेत्रमा कार्यरत विभिन्न गैरसकारी संस्थाको आयोजना भएको पदयात्राका सहभागीले धुलिखेल नगर परिक्रमा गरेका थिए । सहभागी पुरुषहरुले बेलुनमा ‘म लैंगिक हिंसा गर्दिनँ’ लेखेर प्रमुख जिल्ला अधिकारी शिव सिम्खडालाई हस्तान्तरण गरेका थिए ।

    प्रजिअ सिंखडाले पनि बेलुनमा म लैगिंक हिसा गर्दिन भन्ने लेखेर उडाएका थिए । महिलाविरुद्ध हिंसा नगर्न पुरुषको प्रतिबद्धताको लागि पदयात्रा गरिएको आयोजकमध्येको सिर्जनशील समाज नेपालका अध्यक्ष नवराज ढकालले जानकारी दिए ।

    लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान काभ्रेमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij