शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

रोल्पा कारागारका बालक कपिलवस्तु

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १०, २०७३



  • जिल्ला कारागारमा संरक्षणविहीन २ बालकलाई कपिलवस्तुस्थित बालगृहमा पठाइएको छ । अभिभावकको संरक्षण पाउन नसकेका अरू दुईलाई समेत नेपाल बाल संगठनद्वारा सञ्चालित उक्त बालगृहमा पुनस्र्थापित गरिएको हो ।

    जिल्ला बाल कल्याण समितिका अनुसार कारागारका ४ मध्ये ५ वर्षमुनिका २ बालकलाई बाल कल्याण समिति, कारागार प्रशासन र अभिभावकसँगको समन्वयमा पठाइएको हो । थबाङ ९ का ३ वर्षीय शतिमान पुन र इरिबाङ १ का २ वर्षीय हुकुम पुनलाई बालगृह प्रमुख रामप्रसाद अर्यालले लगेका हुन् । जिल्ला बाल अधिकार अधिकृत गोकर्णप्रसाद पुनका अनुसार उनीहरूलाई सोमबार बालगृह पठाइएको हो ।

    कारागारका कैदी र थुनुवाका अरू दुई बालिका छन् । उनीहरूलाई राजधानीस्थित अर्को संस्थाले उचित स्याहारसंहार, संरक्षण र पठनपाठन व्यवस्था गर्ने सर्तमा लैजाने तयारी गरिएको छ । कारागार प्रमुख प्रदीपकुमार रेग्मीका अनुसार ३ वर्षका शतिमान जेलमै जन्मिएका हुन् । गत चैत ३ गते श्रीमान् र सासूको हत्या अभियोगमा रोल्पा अदालतले शतिमानकी आमा दिलकुमारीविरुद्ध कर्तव्य ज्यान मुद्दाअन्तर्गत १० वर्षको सजाय फैसला सुनाएको हो । दिलकुमारी भने करिब ४ वर्षयता कारागारमै छिन् ।

    मामाघरमा बस्दै आएका दिलकुमारीका अरू दुई छोराहरू ६ वर्षका प्रशान्त र ८ वर्षका प्रमोचनलाई पनि उक्त बालगृहमा लगिएको हो । घरमा अभिभावक नभएपछि बालबालिकाको लालनपालन होस् भनी सबै छोरा बालगृह पठाउन राजी भएको दिलकुमारीले बताइन् । बालगृह पुर्‍याइएकामध्ये दिलकुमारीका ३ छोरा हुन् ।

    यस्तै २ वर्षको हुकुम पुनकी आमा विमला चार महिनादेखि रोल्पा कारगारमा छिन् । विमलामाथि आफ्नै जेठाजुका छोराको हत्या अभियोग छ । कर्तव्य ज्यान मुद्दाबारे अदालतले भने अझै अन्तिम फैसला सुनाइसकेको छैन । विमलासँगै त्यही अभियोगमा उनका देवर पनि थुनामै छन् । विदेशमा लामो समय बसेर घरमा आएका विमलाका श्रीमानले भने अर्को विवाह गरिसकेका छन् । श्रीमानसँगका सम्बन्ध राम्रो नभएकाले सानो छोरालाई श्रीमानलाई हस्तान्तरण गर्न नचाहेको विमलाले सुनाइन् । छोराको सुरक्षाका लागि बालगृह पठाएको उनले बताइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij