प्रकाशित मिति : शुक्रबार, मंसिर १०, २०७३
उदयपुर । उदयपुरमा बिहीबारदेखि विबिध कार्यक्रमका साथ लैगिंक हिंसाविरुद्धको १६ दिवसिय अभियान सुरु भएको छ ।
विभिन्न संघसंस्थाको सहयोगमा महिला तथा बालबालिका कार्यालयले अभियान सुरु गरेको हो । अभियानअन्र्तगत शुक्रबार सदरमुकाम गाईघाट बजार परिक्रममा गरी लोकतान्त्रिक चौकमा अभियानका कार्यक्रम बारे जानकारी दिईयो । 
१६ दिनसम्म सञ्चालन हुने उक्त अभियानअन्र्तगत संघसंस्थाहरुले अन्र्तक्रिया, भिडियो प्रर्दशन, जनचेतनामुलक कार्यक्रम लगायत रहेका छन् । अधिकांस गाबिस र नगरपालिकालाई समेटने गरी कार्यक्रमहरु बनाइएको अभियानका संयोजक महिला विकास अधिकृत निर्मला कार्कीले बताइन् ।
अघिल्ला बर्षमा गाउँ तहसम्म पुर्याउन नसकिएको अबश्था यो बर्ष गाउँ तहसम्म पुर्याउने लक्ष्य अनुरुप गाउँ तहका संघसंस्थासम्म समन्वय गरिएको उनले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij