प्रकाशित मिति : शनिबार, मंसिर ११, २०७३
पोखरा । पोखराको पृथ्वीचोकमा रहेको बास्तोला कम्प्लेक्सले सार्वजनिक जग्गा अतिक्रमण गरी सडक मै सस्तो बजार मेला आयोजना गरेको छ । पोखराका व्यापारी माधवप्रसाद बास्तोलाले सस्तो बजार मेलाको नाउँमा सार्वजनिक सडक नै अतिक्रमण गरी सडक मै मेला आयोजना गरेका हुन् ।
पोखराको पृथ्वीचोक चाईनापुल छेउमा पृथ्वीराजमार्ग मूल सडकको मध्यविन्दुबाट ७५ फिट भित्रै मेला आयोजना गरेर सार्वजनिक जग्गा अतिक्रमण गर्न उनलाई कसले सिकायत गर्यो भन्ने कुरा अहिले खोजीको विषय वनेको छ ।
सडक कब्जा गरी आयोजना गरिएको मेलालाई यतिबेला स्थानीय नागरिकहरुले विरोध गरेका छन् । यता सडकको दायाँबायाँ अतिक्रमित संरचना हटाउने अभियानमा लागेको पोखरा उपमहानगरपालिका कार्यालयले सो मेलामाथि मौनता साँधेको छ ।
सडकका दायाँबायाँका अतिक्रमित संरचना हटाउने कार्यलाई आम पोखरेलीले सहयोग र समर्थन गरेका छन् । तर, टोलीमै संलग्न केही अगुवाको विभेदकारी शैलीका कारण सडकका दायाँ वायाँका संरचना हटाउने कार्य नै विवादित बन्न पुगेको छ ।
बास्तोला कम्प्लेक्सले आयोजना गरेको मेलालाई प्रश्रय दिदै अन्य नगरिकलाई नगरपालिकाले जवर्जस्त गर्न खोजको भन्दै स्थानीय रामनाथ शर्माले कसैलाई छुट दिने त कसैलाई जवर्जस्ती गर्न खोजेको भन्दै यसवाट व्यापक मानवअधिकारको हनन भएको गुनासो गरेका छन् ।
सडक सफा गर्ने भन्दै उत्रिएको टोलीले सडक नै अतिक्रमण गरी आयोजना गरिएको मेलालाई नचलाएपछि स्थानीय नागरिकहरु यतिवेला दंङ्ग परेका छन् ।
पोखरा उपमहानगरपालिका कार्यालयका नगर निरिक्षक वसन्त चालिसेलाई किन वास्तोला कम्प्लेक्सको मेला सडकमा राख्न दिएको भन्दै गुनासो गर्दा चालिसेले सो कुरा आफ्नो अधिकार क्षेत्र भित्र नभएको भन्दै तर्किएका छन् ।
उनले सो वारे कर शाखालाई सोध्नुस् भन्दै स्थानीयवासी सँग झर्किएपछि उनीप्रति स्थानीय नागरिकहरु झन सशंकित भएका छन् । समग्र नगरको सार्वजनिक जग्गा, फूटपाथ हेर्ने गरी जागिर खाएका चालिसेले नै यो मेरो क्षेत्र होईन भन्नु लाजै मर्दो भएको स्थानीय व्यापारी तारक धितालले वताए ।
समग्र वाटो नै सफा गर्छौ भन्दै अभियानमा लागेको टोलीले नगरपालिका भित्रका पनि विभिन्न शाखालाई देखाउँदै आफू पन्छिने काम गरेपछि स्थानीयवासीले फूटपाथलाई प्रश्रय दिन स्वयं नगरपालिकाका कर्मचारीहरु नै लागेको गुनासो गरेका छन् ।
पोखराका फोटो पत्रकार सुदर्शन रञ्जितले अतिक्रमीत संरचना हटाउने अभियान सकारात्मक भएपनि अभियानमा हिड्ने केही प्रतिनिधीको इगोका कारण नागरिकमाथि अन्याय भएको वताए । सडकको दायाँ वायाँको मापदण्ड सवैलाई एउटै हुनु पर्दछ तर यहाँ व्यक्ति अनुसारका कुरा गरेर दुःख दिने काम भयो उनले गुनासो गरे ।
सडकमा आयोजना गरिएको सो पाँच दिने मेलालाई कसैले स्वीकृति दिएको छैन । कप्लेक्सले मेलाको नाममा पसलमा निस्किएको फोहोर सिधै खाली रहेको नालामा वगाएर पृथ्वीचोक आसपासको क्षेत्र नै दुगन्धित वनाएको आरोप समेत स्थानीयवासीले लगाएका छन् ।
कम्प्लेक्सको फोहोरका कारण पुलको छेउमा रहेको भद्रकाली नर्सरी भित्र यतिवेला दुर्गन्ध फैलिएको छ । केही वर्ष अघिसम्म फोहोर रहेको चाईनापुल छेउलाई सफा गर्दै स्थापना गरिएको भद्रकाली नर्सरी भित्र कप्लेक्सले जथाभावी ढल वगाएपछि दुर्गन्ध फैलिएर वस्न सक्ने अवस्था नभएको संञ्चालक प्रेमवहादुर रानाले वताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij