प्रकाशित मिति : शनिबार, मंसिर ११, २०७३
काठमाडौ । म्याक्स मनी मलेसिया तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरले नोभेम्बर महिनादेखि आपसी रूपमा रकम आदान–प्रदान गर्ने सम्झौता गरेका छन् ।
सम्झौताबाट म्याक्स मनीको नेपालमा सञ्जाल बिस्तार भएको छ भने आगामी दिनदेखि नेपालमा रहेका सिटी एक्सप्रेसका कुनै पनि काउन्टरबाट रकम प्राप्त गर्ने सेवा उपलब्ध हुने जनाइएको छ । 
म्याक्स मनीका प्रमुख कार्यकारी अधिकृत ए. अब्दुल हामिदले नेपालमा आफ्नो सेवालाई सहज तथा छरितो बनाउने कसरत गरिरहेको र यसले मलेसियामा रहेका हजारौँ नेपालीले बिना झन्झट आफूलाई पायक पर्ने समयमा नै नेपालमा रेमिटान्स गर्न सक्ने जनाए । सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले मलेसियाबाट भित्रिने रकमका लागि पाँच हजारभन्दा बढी स्थानहरूबाट अब सहज रूपले सेवा दिने बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij