प्रकाशित मिति : शनिबार, मंसिर ११, २०७३
काठमाडौं । संविधान संशोधन प्रस्ताव दर्ताका विषयमा पार्टीको आधिकारीक धारणा बनाउन माअोवादी केन्द्रको हेडक्वाटर वैठक बसेको छ । विहान आठ बजेबाट लाजिम्पाटमा वैठक बसेको छ ।
प्रमुख प्रतिपक्ष एमालले संविधान संशोधन प्रस्ताव दर्तामा सहमति जनाएपछि सत्तारुढ दलहरुले नयाँ रणनीति बनाईरहेका छन् ।
मधेशी मोर्चाले प्रस्ताव दर्तामा सहमति जनाएपनि विषयबस्तुमा भने सहमति दिएको छैन ।
त्यसैवीच आज दिउँसो नै माओवादीले पार्टीको पोलिटव्यूरो वैठक बोलाएको छ । वैठकमा संविधान संशोधन प्रस्ताव दर्ताबाहेक पार्टी संगठनका विषयमा कुरा हुने नेताहरुले बताएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij