प्रकाशित मिति : शनिबार, मंसिर ११, २०७३
काठमाडौं । आइटीमा करिअर बनाउन चाहने विद्यार्थीहरुका लागि पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ्ग क्याम्पसमा एक दिने आइटी करियर काउन्सिलिङ्ग र एसइओ सेमिनार सम्पन्न भएको छ।
सेमिनारमा सोसल मिडिया, सर्च इन्जिन अप्टिमाइजेसन र आइटी क्षेत्रको भविष्यको बारे अन्तरक्रिया भएको थियो ।
नेपालमा सूचना प्रविधि क्षेत्रको सम्भाव्यता सँगै लगानीका अवसरहरु समेत बढेको सन्दर्भमा केन्द्रित सो कार्यक्रममा क्याम्पसका इलेक्ट्रोनिक्स तथा कम्प्युटर इञ्जिनियरिङ्ग संकायका विभागीय प्रमुख हरि प्रसाद बराल, आश्विन ढकाल, निमेस बाबु ओली र सुजन पाण्डेलगायत १५० विद्यार्थीको सहभागिता रहेको थियो ।
शैक्षिक अभियान, इरर ४०४ को आयोजना र लिभिङ्ग विथ आईसीटीको आयोजनामा भएको कार्यक्रममा प्रकाश खतिवडा र कृष्ण खनालले वेभ टेक्नोलोजीलाई लगानीको अवसर बनाउन र कुनै पनि वस्तु तथा उत्पादन र सेवाको वेभ कन्टेन्टलाई सर्च इन्जिनमा नम्बर १ मा ल्याउनमा सहयोग गर्ने वेब टुल एसईओको बारेमा सहभागी विधार्थीलाई जानकारी गराएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij