शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

धितोपत्र वोर्डले एएसवीए प्रणाली लागु गर्ने

  • प्रकाशित मिति : शनिबार, मंसिर ११, २०७३



  • काठमाडौ । धितोपत्र वोर्डले बोर्डबाट स्वीकृत धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७३ वमोजिम ‘एप्लिकेशन सपोर्टेड वाइ ब्लक्ड एमाउण्ट’ (एएसवीए) प्रणाली आगामी माघ १ गतेदेखि लागू गर्ने निर्णय गरेको छ ।

    उक्त प्रणाली लागु गर्नेक्रममा बोर्डले निर्देशिकाको व्यवस्था वमोजिम यो एएसवीए प्रणालीमा सहभागी भई सेवादिन बैंक/वित्तीय संस्थाहरुलाई बोर्डमा निवेदन दिन सूचना समेत जारी गरेको छ ।
    धितोपत्रको सार्वजनिक निष्काशन कार्यलाई छिटो छरितो र पारदर्शी बनाई सर्वसाधारण लगानीकर्ताले सहज रुपमा धितोपत्र खरीद गर्न सक्ने व्यवस्था गर्ने उद्देश्यले यो प्रणाली लागु हुन लागेको वोर्डले जनाएको छ । यसका लागि नेपाल राष्ट्र बैंकबाट क वा ख वर्गको इजाजतपत्रप्राप्त गरी बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गरेको, प्रति शेयर चुक्ता पूँजी भन्दा प्रतिशेयर नेटवर्थ बढी भएको हुनुपर्नेछ । यस्तै, कम्तीमा पाँचवर्ष सञ्चालनमा रहेको र कम्तीमा पछिल्लो दुई वर्ष खुदनाफामा सञ्चालनमा रहेको, निष्कृय कर्जा पाँच प्रतिशतभन्दा कम रहेको, नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भएको भएत्यसको फुकुवाभएको तीनवर्ष पूरा भएको हुनुपर्नेछ ।
    काठमाडौ ंउपत्यकाभित्र कम्तीमा चारवटा शाखा कार्यालय भएको, धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचीकृत भएको, बैंक÷वित्तीय संस्थाको प्रबन्धपत्र वा नियमावलीमा धितोपत्र खरिदको दरखास्त संकलन सम्बन्धी कार्य गर्न सक्ने व्यवस्था उल्लेख भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij