शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

२७ किलोमिटर यात्रा गर्न साढे तीन घन्टा

  • प्रकाशित मिति : आइतवार, मंसिर १२, २०७३



  • काठमाडौं । सार्वजनिक यातायातको यात्रा कम्ता पीडादायी छैन् । मर्मत नगरिएका गाडीमा ठेलमठेल यात्रु राखेर खाल्डाखुल्डी सडकमा धुलो उडाउँदै गुडाउँदा थाकेका यात्रु भनेको भन्दा ढिलो मात्रै गन्तव्यमा पुग्छन् । काठमाडौंमा ओहोरदोहोर गर्ने लाखौँ यात्रुको यो कष्टकर दैनिकी आझको नयाँ पत्रिकामा टेकराज थामी र अमुल थापाले लेखेका छन् ।bus-1-660x330

    स्टेसनमा खचाखच यात्रु गत सोमबार घडीमा साँझको ४:३० बजेको थियो । हामी अन्तर्राष्ट्रिय विमानस्थलस्थित गोल्डेनगेट अगाडिको ‘बस स्टेसन’मा उभिएका थियौँ । स्टेसनमा यात्रुको भीड थियो । सबै गन्तव्यमा पुग्न निकै हतारोमा देखिन्थे । बस स्टेसनमा तीनवटा बस क्युमा थिए । सबैमा यात्रुको भीड थियो । बसका सहचालक यात्रु बोलाउँदै चर्को स्वरमा कराए, ‘गौशाला…चाबहिल, …गौशाला… चाबहिल..।’ हामी चक्रपथ घुम्ने बसको प्रतीक्षामा थियौँ । करिब १५ मिनेट प्रतीक्षापछि स्टेसनमा बा.४ख १३२ नम्बरको ‘महानगर’ लेखिएको बस रोकियो । बसको अघिल्लोतर्फ ‘चक्रपथ परिक्रमा’ लेखिएको प्लेकार्ड देखियो । सोही बसबाट चक्रपथ घुम्ने मनस्थिति बन्यो । हामी बसको ढोकातर्फ बढ्यौँ ।

    यात्रुले बस खचाखच थियो । सहचालकले भएभरका यात्रु बसभित्र पठाए । त्यसमा हामी पनि मिसियौँ । बसको ढोका बन्द भयो । सहचालकले ओठ दोब्य्राउँदै सुसेली बजाए । घ्याच्च…घ्याच्च गर्दै बस अघि बढ्यो ।

    बस एयरपोर्टमा रोकियो । जहाँबाट हामीले साढे तीन घन्टाअघि यात्रा थालेका थियौँ । यात्रा सक्दा शरीर थाकेको थियो । मस्तिष्क गलेको थियो । चक्रपथ मात्रै २७ किलोमिटरको छ । विनाअवरोध यात्रा गर्ने हो भने २७ किलोमिटर दूरी पार गर्न एउटा कारलाई ३० मिनेट मात्रै लाग्छ । तर, हामीले सार्वजनिक बसमा साढे तीन घन्टा लगाएर चक्रपथ परिक्रमा गर्‍यौँ ।

    बसका सिट मात्र नभएर प्यासेज पनि यात्रुले भरिएको थियो । बसको ढोकानजिक डन्डी थियो । त्यही डन्डीको आड लिएर म उभिएको थिएँ । हुइँकिएको पाँच मिनेटपछि बसको ब्रेक घ्याच्च लाग्यो । पछाडि उभिएका यात्रु मतर्फ हुत्तिएर आइपुगे । डन्डीबाट हात फुत्कियो । म बसचालकनजिकैको सिटमा बजारिन पुगेँ । सम्हालिँदै टाउकोमाथिको डन्डी समातँे । बसभित्र खुट्टा राख्ने ठाउँ छैन । तर, सहचालकले फेरि यात्रु बोलाएर राखे । झन् उकुसमुकुस बन्यो । बस घ्वार्रघ्वार्र गर्दै अघि बढ्यो ।

    मेरो ठीक पछाडि एक महिला उभिएकी थिइन् । उनको एउटा हात बसको डन्डीमा थियो, अर्को हात छातीमा टाँसिएको काखे बालकमा । बालक मस्त निद्रामा थियो । उनी कष्टसाथ डन्डीमा झुन्डिएकी थिइन् । उनको आडैमा महिला आरक्षण लेखिएको सिट थियो । सिटमा दुई युवती गफिँदै थिए । शरीरको पछ्यौरा उनले सम्हाल्न सकेकी थिइनन् । पछ्यौराले सिटमा बसेकी युवतीलाई छोयो । युवती च्याँठिइन् । काखे बच्चा च्यापेकी महिलालाई घुरिन् । तर, उनी ती महिलालाई सिट छाड्न तयार भइनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij