शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

विवाहको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, मंसिर १२, २०७३



  • डोटी ।  डोटीको लाटामाडौं गाविसको उजली गाउँमा भएको जिप दुर्घटनमा परी २ जनाको मृत्यु भएको छ । कपल्लेकी गाविसबाट जन्ती लिएर हिँडेको जिप हिजो राती उजलीगाउँमा दुर्घटनामा परेको हो ।

    15250720_1336520399755166_3904769926342204540_o
    मृत्यु हुनेमा लाटामाडौं गाविसका बिरी ताम्राकार र जिजोडामाडौंका गौरी शंकर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । दुर्घटनामा २० जना घाईते भएका छन् ।

    घाईते मध्ये २ जनाको अबस्था गम्भीर रहेको छ । गम्भीर घाईते हुनेहरुमा लाटामाडौंका सुरेस कुँवरलाई यहाँ उपचार हुन नसकेपछि भारतको बरेली रिफर गरिएको छ । जिजौडामाडौं ७ का तारा नेपालीको पदमा अस्पताल अत्तरियामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक डिल्लीराज बिष्टले जानकारी दिए ।

    हिजो साँझ ७ बजेतिर उग्रतारा यातायातको से१ज ७४७ नम्बरको जन्ती बोकेको जीप लाटामाडौँको उजेली गाउँ नजिकैको देवल भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

    दुर्घटनामा परी गम्भिर घाईते भएका लाटामाडौँ गाविसको वडा नं. २ का ३० वर्षीय बिरी ताम्राकारको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचारको क्रममा मृत्यु भएको छ भने जिजोडामाण्डौँ ८ का गोरीशंकर नेपालीको उपचारकै क्रममा पद्मा अस्पताल अत्तरियामा मृत्यु भएको हो ।

    गम्भिर घाईते हुनेहरुमा लाटामाण्डौँ २ का १२ वर्षीय बालक सुरेश कुँवर, लाटामाण्डौँ २ का ३२ वर्षीय लोक रावल र ठेगाना नखुलेका तारा सिंह नेपाली रहेका छन् । सुरेश कुँवरलाई बरेली रेफर गरिएको छ । घाईते मध्ये १० जनाको उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ भने ८ जनाको सुजङ अस्पताल डोटीमा उपचार भईरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij