शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

मतदाता नामावलीमा एक लाख १६ हजार नाम दर्ता

  • प्रकाशित मिति : आइतवार, मंसिर १२, २०७३



  • रोल्पा । जिल्ला निर्वाचन कार्यालय रोल्पाको मतदाता नामावलीमा हालसम्म एक लाख १६ हजार ५३१ जनाले आफ्नो नाम दर्ता गराइसकेका छन् ।

    विगतका वर्षदेखि २०७१/७२ असार मसान्तसम्म महिला ५६ हजार ९४७ र पुरुष ५१ हजार ३२४ गरी जम्मा एक लाख ८ हजार २७१ जनाले मतदाता नामावलीमा आफ्नो नाम समावेश गराएको तथ्याङ्कमा उल्लेख छ ।

    यसैगरी आव २०७२/७३ को असार मसान्तसम्म महिला दुई हजार ६५६ जना र पुरुष चार हजार १०४ जना गरी छ हजार ७६० जनाले आफ्नो नाम दर्ता गराइसकेका छन् ।

    यस्तै आव २०७३/७४ को पहिलो चौमासिकमा महिला पुरुष दुवै गरी करिब एक हजार ५०० जनाले मतदाता नामावलीमा आफ्नो नाम समावेश गराएका छन् । यसरी जिल्लामा हालसम्म मतदाता नामावलीमा आफ्नो नाम समावेश गराउनेको सङ्ख्या एक लाख १६ हजार ५३१ पुगेको जिल्ला निर्वाचन कार्यालय रोल्पाका नायब सुब्बा मानबहादुर कुँवरले जानकारी दिए ।

    उहाँका अनुसार मतदाताको सहजताका लागि जिल्ला प्रशासन कार्यालय रोल्पामा डेस्क खडा गरी नामावली दर्ता गर्ने काम भइरहेको छ ।

    विसं २०६८ को जनगणनाअनुसार जिल्लाको कुल जनसङ्ख्या दुई लाख २१ हजार १७७ रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij