प्रकाशित मिति : आइतवार, मंसिर १२, २०७३
वीरगन्ज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज संसद्मा दर्ता हुने संविधान संशोधन प्रस्तावलाई मधेसी मोर्चाले पनि समर्थन गर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन, पर्सा शाखाद्वारा आज वीरगन्जमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दैै सभापति देउवाले नेकपा (एमाले)ले पनि संविधान संशोधन प्रस्तावको पक्षमा मत हाल्ने विश्वास व्यक्त गरे।
एक प्रश्नको जवाफमा अध्यक्ष देउवाले २ नं प्रदेशलाई आफूहरुले बढी प्राथमिकतामा राखेको बताए ।
उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि संविधान संशोधनबारे सकारात्मक कुरा भएकाले आज संसद्मा संविधान संशोधन दर्ता हुने विश्वास व्यक्त गरे ।
उनले नेपाली जनताले प्रदेशको हकमा कहीँ तराई कहीँ पहाड चाहिन्छ भन्ने माग गरेकाले त्यो सबै हुनुपर्ने नेपाली काँग्रेसको धारणा रहेको बताए ।
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले नागरिकताको सवालमा पनि नेपाली काँग्रेस सकारात्मक रहेको बताए । रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij