प्रकाशित मिति : आइतवार, मंसिर १२, २०७३
काठमाडौँ । माछापुच्छ्रे बैंकले शनिबार बिहान नारायणचौर नक्सालमा करिब २ सयजनाको नि:शुल्क स्वास्थ्य परीक्षण गरेको छ।
वरिष्ठ मुटुरोग बिशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा ६ जना स्वस्थ्यकर्मीको टोलीले नि:शुल्क स्वास्थ्य परीक्षणका साथै नि:शुल्क रुपमा औषधी समेत बितरण गरिएको छ।
बढ्दो चिसो सँगै मुटु सम्बन्थी समस्या पनि बढ्ने हुँदा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संस्था सँग सहकार्य गरेर नि:शुल्क शिविरका साथै नि:शुल्क रुपमा औषधी समेत वितरण गरिएको बैंकले जनाएको छ ।
बैंकले वर्षभरी देशका बिभिन्न स्थान हरुमा सामाजिक उत्तरदायित्व वहन गर्दै बिभिन्न कार्यहरु गरिने जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij