आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अनुदान सम्झौता सुरु

  • प्रकाशित मिति : आइतवार, मंसिर १२, २०७३

  • भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आजबाट भूकम्प प्रभावितलाई पहिलो किस्ताको रकम वितरणका लागि अनुदान सम्झौता सुरु गरेको छ ।

    सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना एकाइ कार्यालयले स्थानीय निकायमार्फत भूकम्प प्रभावितका लागि अनुदान सम्झौता सुरु गरेको हो । सो सम्झौता तीन दिनभित्र सम्पन्न गर्ने नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले जानकारी दिए ।

    नगरकोट नगरपालिकाको ताथली, सुडाल र वागेश्वरीमा भने अझै पनि अनुदान सम्झौता सुरु हुन सकेको छैन । भूकम्प प्रभावितको लाभग्राहीमा नाम छुटेको भन्दै स्थानीयले विरोध गरेपछि सम्झौता हुन नसकेको हो । पीडितले प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल र स्थानीय विकास अधिकारी धु्रबबहादुर कोइरालालाई ज्ञापन पत्र बुझाएका छन् । भक्तपुरमा अहिलेसम्म २८ हजार ८०० पीडितको लाभग्राहीको सूचीमा नाम रहेको बताइएको छ । रासस

    मध्यपुरथिमि नगरपालिकाले आजबाट भूकम्प प्रभावितलाई पहिलो किस्ताको रकम वितरणका लागि अनुदान सम्झौता सुरु गरेको छ ।

    सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना एकाइ कार्यालयले स्थानीय निकायमार्फत भूकम्प प्रभावितका लागि अनुदान सम्झौता सुरु गरेको हो । सो सम्झौता तीन दिनभित्र सम्पन्न गर्ने नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले जानकारी दिए ।

    नगरकोट नगरपालिकाको ताथली, सुडाल र वागेश्वरीमा भने अझै पनि अनुदान सम्झौता सुरु हुन सकेको छैन । भूकम्प प्रभावितको लाभग्राहीमा नाम छुटेको भन्दै स्थानीयले विरोध गरेपछि सम्झौता हुन नसकेको हो । पीडितले प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल र स्थानीय विकास अधिकारी धु्रबबहादुर कोइरालालाई ज्ञापन पत्र बुझाएका छन् । भक्तपुरमा अहिलेसम्म २८ हजार ८०० पीडितको लाभग्राहीको सूचीमा नाम रहेको बताइएको छ । रासस

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    भर्खरै

    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij