आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संसदमा महाअभियोग प्रक्रिया सुस्त

  • प्रकाशित मिति : सोमवार, मंसिर १३, २०७३



  • काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको ४० दिन पुग्यो । तर संसद् भने महाअभियोगबारे अनुसन्धान गर्न महाअभियोग सिफारिस समितिमा पठाउन सुस्त देखिएको छ ।samsad

    एमाले र माओवादीका १ सय ५७ सांसदले गत कात्तिक ३ मा दर्ता गरेको प्रस्ताव कात्तिक ९ मा संसद्मा पेस भएको थियो । कात्तिक ९ देखि मंसिर ५ सम्म भएका संसदका ६ बैठकमा प्रस्तावमाथिको छलफलमा ५१ सांसदले भाग लिएका छन् । छलफलमा भाग लिन नाम टिपाएका सांसद बाँकी रहेकै बेला मंसिर ५ मा स्थगित संसद् मंगलबार बस्दैछ । छलफल सकिएपछि महाअभियोगका आरोपीविरुद्धको अनुसन्धान तहकिकातका लागि सदनले महाअभियोग प्रस्ताव समितिमा पठाउने निर्णय गर्नुपर्छ ।

    संसद् नियमावलीले महाअभियोग प्रस्ताव समितिले काम सुरु गरेको मितिले एक महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय सीमा तोके पनि प्रस्तावलाई समितिमा पठाइसक्नुपर्ने समय सीमा तोकेको छैन । संसद्बाट महाअभियोग प्रस्ताव पारित हुन दुई तिहाइ सदस्यको समर्थन आवश्यक पर्छ । तर महाअभियोग सिफारिस समितिमा पठाउने निर्णयका लागि सदनको साधारण बहुमत भए पुग्छ ।

    संसद्मा एक तिहाइभन्दा बढी सिट भएको कांग्रेसले महाअभियोग प्रस्तावबारे औपचारिक निर्णय गरेको छैन । सदनको छलफलमा स्वाथ्यमन्त्रीसमेत रहेका कांग्रेसका युवा नेता गगन थापा, धनराज गुरुङलगायतका सांसदहरूले भने महाअभियोग प्रस्ताव छिटो पारित गरी कार्कीलाई बर्खास्त गर्नुपर्ने धारणा राखेका छन् । कांग्रेसकै केही सांसदले घुमाउरो भाषामा कार्कीको बचाउ गरेका छन् ।

    कांग्रेस संसदीय दलका मुख्य सचेतक चीनकाजी श्रेष्ठ भने महाअभियोग प्रस्ताव समितिले छानबिन गरेपछि मात्रै पार्टीले निर्णय गर्ने बताउँछन् । ‘प्रस्तावबारे हामी अन्योलमा छैनौं । महाअभियोग प्रस्ताव समितिले छानबिन गरी प्रमाण जुटाएपछि मात्रै कांग्रेसले संस्थागत निर्णय गर्छ,’ उनले भने, ‘छलफलका क्रममा हाम्रा संसद्हरूले कार्कीका गतिविधि ठीक थिएनन् भन्ने धारणा राखिरहेका छन् । ढिलाइ भएको हाम्रो कारणले होइन, प्रस्ताव ल्याउने दलहरूकै कारणले हो ।’ आजको कान्तिपुर दैनिकमा खबर छ  ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij