प्रकाशित मिति : सोमवार, मंसिर १३, २०७३
काठमाडौं । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले सरकारले तयार परेको चार बुदे संशोधन प्रस्ताव मान्य नहुने चेतावनी दिएका छन् ।
बाँकेको नेपालगंजमा स्थानीय संचारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ठाकुरले भने,
–मधेशमा दुई प्रदेश बनाउने लगायतका विषयमा विगतमा भएको सहमति भन्दा पछि हटन नसकिने स्पष्ट छ ।
–प्रदेशको संख्या, अंगीकृत वैबाहिक महिलाको नागरिकताको सम्बन्धमा अन्तरिम संविधानमै भएको व्यवस्था अनुसार संशोधन प्रस्ताव नआए हामीलाई विद्रोहमा जानबाट कसैले पनि रोक्न सक्दैन ।
–सरकारले एक हातमा बन्धुक र एक हातमा संविधान संशोधनको प्रस्ताव लिएर आउन खोजेजस्तो देखिएको छ । हामी डटेर सामना गर्छौँ ।
–सरकारले तयार पारेको संविधान संशोधन प्रस्तावबारे म बेखबर छु ।
सरकारले तयार गरेको चार बुदे सहमतिमा अन्तरिम संविधानले व्यवस्था गरे अनुसार १० प्रदेश बनाउने उल्लेख गरिएको छैन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij