शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

मानवकल्याणका लागि बौद्धमा विशेष पूजा

  • प्रकाशित मिति : सोमवार, मंसिर १३, २०७३



  • काठमाडौँ । बौद्ध तीनचुलीस्थित ह्योल्मो समाज सेवा केन्द्रमा महायानी बौद्ध अनुयायीले आज विशेष पूजा (फुर्दोग) गरेका छन् ।

    तिब्बती पात्रोको नौ महिनाको अन्त्यतिर गरिने उक्त पूजामा सम्पूर्ण प्राणी जगत्को रक्षा, मानवकल्याण एवम् विश्वशान्तिको कामना गरिएको छ । यही मङ्सिर ८ गते बिहानैदेखि आजसम्म वर्ष दिनको ग्रहदशा र रोगव्याधिबाट निवारण गर्न आवश्यक प्रक्रिया पूरा गरिएको थियो । तान्त्रिक देविदेवीलाई स्मरण गर्दै विभिन्न तोत्र तथा मन्त्र पनि पाठ गरिएको थियो ।

    ‘ह्योल्मो ङाग्छ्याङ शाक्य साङ्पो दुङ्गी लाछोग’ नामक सामाजिक संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा अन्त्यमा अनिष्टलाई कृत्रिम भूत बनाएर बाजा बजाउँदै जलाइएको थियो । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष एनबी लामाले प्राचीन समयमा सिन्धुपाल्चोकको ह्योल्मोमा प्रथम टुल्कु तेर्तेन (निधि–पति) ले ङाग्छ्याङ शाक्य साङ्पोका वंशकम लामाबाट यस किसिमको पूजा गरेको विश्वास रहेको जानकारी दिए ।

    पूजाको समापन कार्यक्रममा गुम्बा विकास समितिका अध्यक्ष खेम्पो कर्मा लेग्सेले खराब तत्वको अन्त्य गरी प्राणीको बिघ्नबाधा न्यूनीकरण गर्न गरिने यस्तो पूजामा सहभागी भएमा सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरे  ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij