शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

चैनपुरदेखि उराई भन्ज्याङसम्म पदमार्ग बनाउन माग

  • प्रकाशित मिति : सोमवार, मंसिर १३, २०७३



  • काठमाडौँ । बझाङको चैनपुरदेखि उराई भन्ज्याङसम्मलाई पदमार्गका रुपमा विकास गनुपर्ने सरोकार भएकाहरुले बताएका छन् ।

    नेपाल पर्वतारोहण सङ्घ साइपाल हिमाल शाखाले यहाँ आज गरेको छलफल कार्यक्रममा उक्त ठाउँमा आन्तरिक पर्यटकलाई आकर्षण गर्नका लागि पदमार्गका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

    सो अवसरमा नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्र सापकोटाले बोर्डले पदमार्ग बनाउनका लागि सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे । बोर्डका केबी शाहले सुदूरपश्चिमको पर्यटनलाई व्यवसायीकरण गर्नुपर्ने औँल्याए ।

    ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल९टान०का अध्यक्ष चन्द्र रिजालले चैनपुरदेखि ताक्लाकोटसम्म पदमार्गको विकास गर्नुपर्ने बताउनुभयो । टानका महासचिव कर्ण लामाले निजी क्षेत्र पर्यटन प्रवद्र्धन गर्न तयार रहेको जानकारी गराउनुभयो ।

    सङ्घ साइपाल हिमाल शाखाका अध्यक्ष कटक कठायतले सरकारले पदमार्ग बनाउन सहयोग गरे चैनपुरदेखि मानसरोवरसम्म जान सकिने बताए ।

    बझाङका पत्रकार किशोरविक्रम खड्काले उक्त ठाउँमा ऐतिहासिक सम्पदा, प्राकृतिक दृश्य अवलोकन र दुर्लभ जडीबुटी पाइने भएको पदमार्गको विकास गरेर पर्यटकलाई आकर्षित गर्न सकिन्छ भन्दै सरकारलाई पदमार्गका लागि बाटो र पुल बनाइदिन आग्रह गरे ।

    उनका अनुसार उक्त पदमार्ग हँुदै चैनपुरबाट मानसरोवर जान नौ दिन लाग्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij