प्रकाशित मिति : सोमवार, मंसिर १३, २०७३
काठमाडौँ । बाराको सिमरामा चारतारे होेटल इच्छा सञ्चालनमा आएको छ ।
होटेलको योगगुरु रामदेव बाबाले शनिबार उद्घाटन गरेका छन् ।
व्यवसायी इच्छाराज वाग्लेसहित तीन जनाको ६० करोड लगानीमा सिमराकोलोनीभित्र होटेल निर्माण गरिएको हो ।
दुई बिघा क्षेत्रफलमा फैलिएको होटेल उद्घाटन गर्नुअघि रामदेवले धार्मिक विधिअनुसार पुजापाठ गर्दै होम गरेका थिए ।
झण्डै २० मिनेटसम्म भएको होमपछि रामदेवले ठूलो लगानीमा निर्माण भएको तारे होटेलको सफलताका लागि कामना गरेका थिए । होममा आचार्य बालकृष्णसहित पतञ्जली योग पीठका सहयोगी सहभागी थिए ।
होटेलमा प्रेसिडेन्ट, सुइट, मिनी सुइट र स्तरीय गरी चार क्याटोगरी ८४ वटा कोठा छन् । होटेलको झण्डै पाँच वर्षअघि निर्माणसुरु भएको थियो ।
होटेलमा ८० जनाभन्दा बडीले रोजगारी पाएका छन् ।
होटेलमा साना ठूला गरी पाँचवटा सभाहल छन् । स्विमिङ पुल, हेल्थ क्लबलगायत सुविधा होटेलमा छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij