आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १४, २०७३



  • दमक । स्कारपियोको ठक्करबाट झापाको शिवसतासी नगरपालिका–५ मा गएराति एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा धरमपुर–९ बस्ने अन्दाजी ६२ वर्षीय इन्द्रबहादुर कोइराला रहेका छन् ।

    कोइरालालाई साँझ ७ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ च ४००१ नम्बरको स्कारपियोले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका कोइरालालाई उपचारका लागि लाइफलाइन अस्पताल, दमक पु¥याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने स्कारपियोका चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।

    यसैगरी, झापाको शनिअर्जुन नगरपालिका–४ भित्री सडक खण्डमा सोमबार साँझ ६ बजेतिर मे ३ प ३४२५ नम्बरको मोटरसाइकल र साइकल ठोक्किँदा साइकलमा सवार स्थानीय १३ वर्षीया भावना विश्वकर्मा र मोटरसाइकल चालक सोही ठाउँ बस्ने मधु गिरी घाइते भएका छन् । घाइते दुवै जनाको विर्तासिटी अस्पताल, बिर्तामोडमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij