प्रकाशित मिति : मङ्लबार, मंसिर १४, २०७३
जनकपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको लालगढमा एक रात्री बस होटेलभित्र पस्दा दुईको मृत्यु र १६ जना घाईते भएका छन् ।
मिथिला नगरपालिका ९ लालगढको पूर्वेली होटेलमा गए राति यात्रुबाहक बस होटेल भित्र पसेको प्रहरीले जनाएको छ । सप्तरीको राजविराजबाट काठमाण्डौ जादै गरेका ना ५ ख ३५९ नम्बरको बस यात्रुलाई खाना खानको लागि रोकी राखेको बेला बस सहचालकले चलाउँदा बस होटेल भित्र पसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
मृत्यु हुनेमा सोहि बसमा बसमा सबार सप्तरी राजविराज हर्दिया ७ का २९ वर्षका रामु मण्डल र उनकी श्रीमती २३ वर्षकी आनन्द देवी रहेका छन् । उनीहरु होटमा खाना खाइरहेका थिए ।
बसले किचिएर उनीहरुको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
उनीहरुको भूईमै अर्को तर्फ राखेका दुई वर्षकी छोरी आकृति मण्डल र १२ दिनका छोरा उमेश बाँच्न सफल भएका छन् । दम्पतिको दुवै सन्तानलाई आफन्तलाई जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।
त्यस्तै सोहि होटेलमा खाना खान बसेका अन्य १६ जना घाईते भएका छन् । उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भई रहेको प्रहरीले जनाएको छ । घटना पश्चात चालक फरार भएका छन् । चालकको खोजी कार्य र घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij