आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सरकारलाई भण्डारीको चेतावनी : ‘हम तो डुबे है सनम..तम्हे भी ले डुबेंगे’

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १४, २०७३



  • बर्दिवास । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले बर्तमान सरकार मधेसी मोर्चा र सङ्घीय गठबन्धनसँग भएको तीनबुँदे सहमतिबाट हट्न खोजेको आरोप लगाएका छन् ।

    सरकार गठनअघि मोर्चा र गठबन्धनसँग एक महिनामै सम्बिधान संशोधन प्रस्ताव दत्र्ता गर्नेसहितका तीन बुँदे सहमति गरेको नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले सरकार गठन भएको तीन महिना नाघिसक्दासम्म संशोधन प्रस्ताव दत्र्ता नगरेपछि उनीहरु सहमतिबाट हट्न खोजेको आभास हुन लागेको अध्यक्ष भण्डारीले बताएका हुन् ।

    महोत्तरीको गौशाला नगरपालिकाको रामनगरमा आज मङ्गलबारसाँझ उखु उत्पादक सङ्घ रामनगर महोत्तरीको कार्यालय उद्घाटन गर्दै अध्यक्ष भण्डारीले सरकार सम्मिलित दलहरुको यो उदासिनताले उनीहरुकै बिश्वास गुम्ने बताए ।
    हिन्दी गीत ‘हम तो डुबे है सनम..तम्हे भी ले डुबेंगे’ गाएर सुनाउँदै भण्डारीले आपूmहरु सडकमै भएकाले फरक नपर्ने टिप्पणी गरे । ‘हामी डुबेकै छौं’ भण्डारीले भने –, ‘संविधान संशोधन गरेर आन्दोलनको माग सम्बोधन नगरिए हामी सबैलाई सडकमा ल्याउने छौँ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij